प्रदेश १ मा एक हजार १०४ जनामा कोरोना सङ्क्रमण

इनेप्लिज २०७८ साउन १४ गते २१:५४ मा प्रकाशित

विराटनगर,१४ साउन।प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा एक हजार १०४ जनामा कोरोना सङ्क्रमण देखिएको छ।जस्मा एक हजार ७५३ जनाको पिसीआर परीक्षणगर्दा ६५२ र एक हजार ३३१ जनाको एन्टिजेन परीक्षण गर्दा ४५२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा झापामा ३०७, सुनसरीमा १७७,मोरङमा १२३ मध्ये विराटनगरमा ५५,धनकुटामा १४,इलाममा नौ, संखुवासभा,तेह्रथुम,भोजपुर र उदयपुरमा दुई÷दुई,पाँचथर र ताप्लेजुङमा एक÷एक र प्रदेश बाहिरका १२ जनामा सङ्क्रमण देखिएको छ।

सो अवधिमा प्रदेशमा आज ३८२ जना सङ्क्रमणमुक्त्त भएका छन्। सङ्क्रमणमुक्त्त हुनेमा १७६ महिला र २०६ पुरुष छन्।प्रदेशमा पछिल्लो २४ घण्टामा छ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा दुई महिला र चार पुरुष रहेको मन्त्रालयलले जनाएको छ।

प्रतिक्रिया