तेस्रो लहरको तयारीमा लाग्न मन्त्री राईको निर्देशन

इनेप्लिज २०७८ साउन १४ गते २१:४४ मा प्रकाशित

विराटनगर,१४ साउन।प्रदेश नं १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड–१९ को तेस्रो लहरको पुर्व तयारीमा जुट्न निर्देशन दिनु भएको छ। विज्ञहरुले कोरोनाको तेश्रो लहरमा बालबालिका बढी जोखिममा रहने बताएकाले सोही अनुसारको तयारीमा जुट्न उहाँले निर्देशन दिनु भएको हो।

कोभिड–१९ को सम्भावित तेश्रो लहरको पुर्व तयारी सम्बन्धमा आज आयोजना गरिएको भर्चुअल बैठकमा सामाजिक विकास मन्त्री राईले सो निर्देशन दिनु भएको हो।मन्त्री राईले भत्रुभयो,‘हामी तयारी अवस्थामै थिएनौँ भत्रे छुट कसैलाई छैन।’कोभिड–१९ को सम्भावित तेस्रो लहरको पूर्व तयारीमा रहन निर्देशन दिँदै उहाँले भत्रुभयो,‘समस्या र चुनौतीको सबैले मिलेर मात्र समाधान गर्न सकिन्छ,कोरोनालाई परास्तका लागि सबै एकजुट भए मात्र संभव हुन्छ।’

मन्त्री राईले अस्पतालको क्षमताअनुरुप कोरोना सङ्क्रमित बालबालिकाको उपचारका लागि छुट्टै उपचार केन्द्र सञ्चालनका लागि पनि तयारी भइरहेको बताउनुभयो।मन्त्री राईले प्रत्येक जिल्लामा गठित डिसीसीएमसीले आफ्नो जिल्ला भित्रका सबै पालिकाहरुको अवस्था,आवश्यकता र तयारी सहित जिल्लाको समस्या,आवश्यकता पहिचान गरी चाहिने तयारी सहित सम्पूर्ण जानकारी र माग सामाजिक विकास मन्त्रालयमा तत्काल पेश गर्न निर्देशन दिनु भएको छ।

सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराईको अध्यक्षतामा भएको भर्चुअल बैठकमा स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाँई,१४ वटै जिल्ला समन्वय समितिका प्रमुखहरु,सदरमुकामका पालिकाका प्रमुखहरु,प्रमुख जिल्ला अधिकारीहरु,अस्पताल र स्वास्थ्य कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो।

 

 

प्रतिक्रिया