खुमन र सुनिताको तीज गीत ‘नाचिदेउ पुतली’ लाई दर्शकको साथ मिल्दै

इनेप्लिज २०७८ साउन १४ गते २१:२५ मा प्रकाशित

काठमाडौँ।हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा तीज गीत भिडियो सार्वजनिक हुने क्रम बढेको छ।यसै क्रममा गायक खुमन अधिकारी र गायिका सुनिता दुलाल सन्जेलको स्वरमा रहेको नाचिदेउ पुतली सार्वजनिक गरिएको छ।नेत्र अर्यालको शब्द तथा संगीत रहेको गीतमा बिनोद बाजुरालिको संगीत सम्योजन रहेको छ।

बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाई बुद्द थापाले छायांकन र मिलन बिस्वकर्माको सम्पादन रहेको छ।भिडियोमा सुधिर श्रेष्ठ र गिता ढुंगाना फिचर्ड छन्। भिडियो एसपि म्युजिकको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ भिडियोलाई दर्शकले मन पराएका छन्।सार्वजनिक भएको २४ घण्टामा भिडियोले ३८ हजार भन्दा बढी भ्युज र पन्ध्र सय भन्दा बढी लाइक पाएको छ।

प्रतिक्रिया