शुक्रबार, भदौ ३ २०७९
काठमाडौं १०:१३
वासिङटन डिसी 00:28

गायक तथा सर्जक गोबिन्द चापागाईको ‘रातो सारीले’ सार्बजनिक

इनेप्लिज २०७८ साउन १३ गते ९:३३ मा प्रकाशित

गायक तथा सर्जक गोबिन्द चापागाई र रुपा वडाको नयाँ तीज गीत ‘रातो सारीले’ सार्बजनिक भएको छ।

घनश्याम रिजालको युट्यूबमा अपलोड गरिएको गीतको शब्द तथा लय रिजालकै रहेको छ।श्रीमतीलाई यो बर्ष कोरोनाको कारण रानीहार,नयाँ सारी किन्न नसकिएको र पोहोरकै सारीले टारिएको कुरा गीतमा सुन्न र हेर्न सकिन्छ।

गीतको म्यूजिक भिडियो होम गुरुङले निर्देशन गरेका हुन् भने एरेन्ज तारानाथ आचार्यले गरेका हुन्।डिजिटल स्टारमा रेकर्ड भएको गीतमा गणेश सापकोटाको छायंकन, सुबास अम्गाईको सम्पादन,सबिन गुरुङको कोरियोग्राफी,राजकुमार गुरुङ र बिपना कुवरको श्रृङ्गार रहेको छ।ममता आधिकारी र बिष्णु भुजेलले गीतमा अभिनय गरेका छन्।

प्रतिक्रिया