१ लाख पुरस्कार सहित गाइजात्रा कमेडि च्यालेन्ज

इनेप्लिज २०७८ साउन ११ गते ९:५० मा प्रकाशित

अन्नपूर्ण मिडया नेटवर्क अन्तरगतको रेडियो अन्नपूर्ण नेपाल ९४ मेगहर्जले रु १ लाख नगद पुरस्कार राशिको गाईजात्रा कमेडी च्यालेन्ज प्रतियोगीता ल्याएको छ। गाईजात्रा २०७८ को अवसरमा आयोजना गर्न लागिएको यो प्रतिस्पर्धामा प्रतिषस्पर्धीले ३ मिनेटको हांस्यब्यङ एकल प्रस्तुतिको भिडियो रेकर्ड गरेर पठाउनु पर्ने छ ।प्रतिस्पर्धामा सहभागी हुने मध्येबाट उत्कृष्ट ३० छनौट गरिनेछ र उत्कृष्ट ३० ले निर्णायकले तोकेको बिषयमा ५ मिनेटको एकल प्रस्तुती पुनः पठाउनु पर्ने रेडियो अन्नपूर्ण नेपालका प्रमुख शिरोमणी दवाडीले जानकारी दिएका छन्।

यस गाईजात्रा कमेडी च्यालेन्जको पहिलो चरण निर्णायकहरुमा चलचित्र निर्देशक उदय सुव्वा,डकुमेन्ट्री एवं म्यूजिक भिडियो निर्देशक दयाराम घिमिरे,चलचित्र निर्देशक सुमन दाहाल रहेका छन् भने दोश्रो अर्थात् फाइनल चरणको निर्णायकहरूमा बरिष्ठ हास्यव्यङ्गकार चट्याङ मास्टर,सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङे,बरिष्ठ हाँस्य कलाकार किरण केसी र अभिनेत्री सरिता लामिछाने रहेका छन्।

हरेक महिना हरेक नयाँ प्रतियोगिता कार्यक्रम लिएर अगाडि बढ्दै आएको रेडियो अन्नपूर्ण नेपालले गत महिना एक लाख नगद पुरस्कार कै भानु कबिता महोत्सव आयोजना गरेको थियो।

प्रतिक्रिया