धरानमा २ पटक प्रधानपञ्च भएका सुर्यप्रसाद उपाध्यायको निधन

इनेप्लिज २०७८ साउन १० गते १६:०९ मा प्रकाशित

धरान: पञ्चायतकालमा धरानमा लगातार २ पटक नगर पञ्चायतका प्रमुख (प्रधानपञ्च) भएका सुर्यप्रसाद उपाध्यायको निधन भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा ८५ बर्षको उमेरमा आज दिउँसो अढाई बजे निधन भएको हो।धरान १४ विजयपुर निवासी उपाध्याय मुटुको उपचार गराइरहेका थिए।महेन्द्र बहुमुखी क्याम्पस धरानका सहप्राध्यपाक डा.राजेन्द्र शर्माका अनुसार पञ्चायत व्यवस्था शुरु भएपछि भएको पहिलो नगरको निर्वाचनमा उपाध्याय २०१९ सालमा प्रधानपञ्चमा निवार्चित भएका थिए।उनी लगातार २ पटक प्रधानपञ्च भएको डा.शर्माले जानकारी दिए।

नगर पञ्चायतमा रहदा शिक्षालाई नगर मातहत ल्याएर हेर्ने व्यवस्था उपाध्यायले नै नेपालमा पहिलो पटक गरेको पनि डा.शर्माको भनाई छ।उनले भने,‘अहिले गणतन्त्र र संघीयता आएपछि शिक्षालाई स्थानीय तहको जिम्मा दिइएको छ।तर,उहाँले यो काम नगर पञ्चायतमा रहदा नै धरानमा प्राथमिक शिक्षालाई नगर पञ्चायनत अन्तर्गत राखेर शिक्षाको शुभारम्भ गर्नुभएको थियो।’

डा.शर्माका अनुसार वि.स.१९९३ चैतमा जन्मिएका उपाध्याय २०१९ सालदेखि लगातार २ पटक प्रधानपञ्च भएका थिए।उनी २०२८ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा मनोनित भएका थिए।उनलाई २०४३ सालमा सरकारले जनकपुर अञ्चलको अञ्चालाधिश बनाएको थियो।पञ्चायती व्यवस्था फालिनु अघिसम्म उनी अञ्चालधिश नै थिए।मृतक उपाध्यायको पार्थिव शरीरलाई भोली सोमबार बिहान साढे ८ बजे दाहसँस्कारको लागि चतरा लगिने भएको छ।

-क्लिक धरान बाट

प्रतिक्रिया