प्रदेश नं १ मा चार लाख नौ हजार डोज खोप लगाइने

इनेप्लिज २०७८ साउन १० गते १५:०३ मा प्रकाशित

विराटनगर,१० साउन।प्रदेश नं १ मा पछिल्लो समयमा कोरोना विरुद्धको चार लाख नौ हजार खोप लगाइने भएको छ।

यसका लागि प्रदेश सरकारले कोभिड–१९ विरुद्धको खोप वितरण शुरु गरेको छ।१४ वटै जिल्लामा शनिबार देखि खोप वितरण शुरु गरिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शुक्रबार प्राप्त भएको खोपहरु वितरण शुरु गरिएको आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिनुभयो। उहाँका अनुसार आज सम्म सुनसरी,उदयपुर,झापा,इलाम र पाँचथरका जिल्लाहरुमा भेरोसेल खोप पठाईएको छ।उहाँका अनुसार भोलि सम्ममा प्रदेशका सवै जिल्लाहरुमा खोप वितरण भईसक्ने छ।

प्रदेशमा एक लाख ६९ हजार डोज भेरोसेल खोप र जोनसन एण्ड जोनसनको ४८ हजार भायल ( दुई लाख ४० हजार डोज)सहित कुल चार लाख नौ हजार डोज खोप आएको आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शाहले जानकारी दिनुभयो ।उहाँका अनुसार भेरोसेल खोप लगाईसकेपछि मात्र जोनसन खोप वितरण शुरु गरिने छ।

भेरोसेल खोप ५४ वर्षमाथि र जोनसन एण्ड जोनसन खोप ५० वर्षमाथिका व्यक्तिहरुलाई लगाईने प्रदेश सरकारको तयारी छ।

प्रतिक्रिया