मुलुक बाट राजसंस्था हटाएको महापाप जनताहरुलाई लाग्ने समय नजिकिँदै छ ।

इनेप्लिज २०७८ साउन १० गते ११:१२ मा प्रकाशित

अब मुलुकमा हुने संभावित घटनाहरु बारे राजा ज्ञानेन्द्र शाह अनभिज्ञ हुनु हुन्न।यसकारण राजा ज्ञानेन्द्र शाहले जानीजानी नदुखेको टाउको दुखाइ आगोमा हात हाल्ने किन ?

राजा ज्ञानेन्द्र शाहले केही समय पहिले जनताहरुले चाहे आफू आउने चाहना व्यक्त गर्नु भएको थियो।हालको वर्तमान अवस्थामा शत प्रतिशत जनताले राजा ज्ञानेन्द्र शाहलाई चाहन असम्भव छ भन्ने कुरा पनि यकिन का साथ राजा ज्ञानेन्द्र शाहलाई थाहा छ राजा ज्ञानेन्द्र शाहले नेताहरू र नागरिकहरु कस्ता छन भन्ने कुरा पनि राम्ररी पहिचान गरिसक्नु भएको छ।हालको वर्तमान समयमा राजा ज्ञानेन्द्र शाहलाई जतिले चाहेका छन त्यही संख्या नै काफी र अत्याधिक छ राजा ज्ञानेन्द्र शाहलाई थाहा छ।नेताहरूको कारण मुलुक दुर्घटनामा पर्ने समयमा नदुखेको टाउको दुखाइ राजा ज्ञानेन्द्र शाहले जानीजानी कदापि आगोमा हात हाल्नु हुन्न।नागरिकहरुले आफुले निम्त्याएको पाप आफैले भुगतन अब बेर छैन समय नजिकिँदै छ।यस कुरालाई राजा ज्ञानेन्द्र शाहले बुझी सक्नु भएको ।जनताहरुले राजसंस्थाको गरिमामय र महत्त्वलाई बुझेनन।यसकारण राजा ज्ञानेन्द्र शाहले अब भीर बाट खस्ने जनताहरुलाई राम राम भन्न मात्र सक्छन काँध थाप्न जान सक्दैनन मेरो बुझाइ छ।

नेपालमा अब हुने दुर्घटनाको परिणाम नेताहरूको कारणले नेपालीहरुका लागि अत्यन्त दु:खद र भयावह हुनेछ कुरा राजा ज्ञानेन्द्र शाहले राम्ररी बुझी सक्नु भएको छ।यसकारण राजा ज्ञानेन्द्र शाहले आफ्नो पक्षमा माहोल हुँदाहुँदै पनि चुप र मौन हुनुहुन्छ।शेरबहादुर देउवा प्रधानमन्त्री र ज्ञान बहादुर कार्की अर्थमन्त्री भएको समयमा एमसीसी सम्झौता भएको थियो।नेताहरूले एमसीसी सम्झौता हुँदा बखतमा प्रायःजसो नेताहरूले एमसीसी को पैसा हजम अर्थात पचाई सकेका छन।एकथरी नागरिकहरु एमसीसी ल्याउन लागी परेका छन भने अर्कोथरी नागरिकहरु एमसीसी को विरोधमा छन।यसले गर्दा मुलुकमा अस्थिरता र रक्तपात हुने निश्चित छ।एमसीसी को कारणले नेपाली नागरिकहरु बीच एक आपसमा टकराव निश्चित छ।मुलुकमा नेताहरुको आ आफ्नो स्वार्थ छ।म अमेरिकाको एमसीसी र चाइनाको बिआरआइ सम्झौता कसैलाई पनि दोष दिन चाहन्न।दोषी र जिम्मेवार नेपालका नेताहरू र मुख्य जनताहरु नै हुन।

नेपाली जनताहरु र नेताहरूले राजसंस्थाको महत्त्वलाई बुझ्न सकेनन।मुलुकभर जताततै सडकमा गई उफ्रि उफ्रि राजसंस्थाको विरोधमा नारा लगाउने राजसंस्था प्याक्ने जनताहरु हुन।विश्वासघाती र गद्दार नेताहरू चुन्ने पनि जनताहरु नै हुन।यसकारण राजसंस्था फ्याँकेको महापाप अब नेपाली जनताहरु र नेताहरूलाई लाग्छ लाग्छ।म सर्व साधारण नागरिकलाई अब मुलुकमा हुने समसामयिक अवस्थाहरु बारे थाहा छ भने अब मुलुकमा हुने संभावित घटनाहरु बारे राजा ज्ञानेन्द्र शाह पक्कै पनि अनभिज्ञ हुनु हुन्न जस्तो मलाई लाग्छ।तर नेपाली जनताहरुका लागि हिन्दी मा एउटा उखान छ जैसी करनी वैसी भरनी भनाइको तात्पर्य मानिसले जस्तो कर्म गर्छ उस्तै फल पाउँछ।नेपाली जनताहरुले मुलुकमा राजसंस्थाको स्थायित्व र महत्त्वलाई बुझेनन यसकारण मुलुकमा हुने दुर्घटनाको सजायको भागीदार सर्वप्रथम जनताहरु नै हुन।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।

प्रतिक्रिया