नेजा ग्रामिण सामुदायिक पत्रकारिता पुरस्कार अनु आचार्यलाई प्रदान

इनेप्लिज २०७८ साउन ९ गते १५:२० मा प्रकाशित

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले नेपाल पत्रकार महासंघसगको सहकार्यमा प्रदान गर्दै आएको नेजा ग्रामिण सामुदायिक पत्रकारिता पुरस्कार यस पटक रसुवा जिल्लालाई कर्म क्षेत्र बनाएर पत्रकारितामा सक्रिय अनु आचार्यलाई प्रदान गरिने भएको छ ।

उक्त जानकारी नेजाका महासचिव किरण किरण मरहठ्ठाद्वारा जारी गरिएको छापा बिज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।

नेपाल पत्रकार महासंघले वरिष्ठ उपाध्यक्ष रमेश विष्टको संयोजकत्वमा गठन गरेको छनौट समितिले सिफारिस गरेका अन्तिम ३ जना पत्रकारहरु मध्ये नेजाद्धारा गठित संघका पूर्व अध्यक्ष भोला आचार्य संयोजक तथा पत्रकारहरु विजय घिमिरे र प्रतिमा बास्कोटा सदस्य रहेको छनौट समितिले अनु आचार्यलाई प्रदान गर्ने निर्णय सहीत सिफारिस गरेको हो ।

पुरस्कार प्राप्त गर्नुभएकि आचार्य ६ वर्षदेखि पत्रकारितामा सक्रिय रहनुभएको छ । सामुदायिक रेडियो, रेडियो रसुवा १०२ दशमलव १ मेगाहर्जवाट पत्रकारिता यात्रा सुरु गर्नुभएकी आचार्यले नया पत्रिका राष्ट्रिय दैनिकमा यो वर्ष नेपाल र चीन व्यापार व्यवस्थापन कब्जा गर्न चीन बस्ने नेपाली व्यवसायीले सरकारी छाप नै किर्ते गरी नक्कली समिति खडा गरेको बारे समाचार लेख्नुभएको थियो । उहाको नियमित समाचार फलोअपका कारण व्यापार कब्जा गर्ने प्रयास विफल भएको थियो ।

नेपाल अमेरिका पत्रकार संघ(नेजा)को आजवाट सुरु हुन लागेको सातौं अधिवेशन तथा १४ औं साधारणसभाको उद्घाटन सत्रमा संघले पुरस्कृत हुने पत्रकारको नाम घोषणा गर्नेछ भने सो पुरस्कार नेपालमा नेजासगको समन्वयमा नेपाल पत्रकार महासंघले एक कार्यक्रमका बिच वितरण गर्नेछ । सो पुरस्कार सगै २ लाख २२ हजार २ सय २२ (नेपाली रुपैया) प्रदान गरिनेछ ।

संघले नेपाल पत्रकार महासंघ सगको सहकार्यमा हरेक २ वर्षमा नेपालका ग्रामिण जिल्लामा बसेर पत्रकारिता गर्ने उत्कृष्ट पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आएको छ ।

नेजा कार्यसमिति नेपाल पत्रकार महासंघले गठन गरेको वरिष्ठ उपाध्यक्ष रमेश विष्ट संयोजकत्वको छनौट समिति सहीत नेपाल पत्रकार महासंघ परिवार र नेजाद्धारा गठित छनौट समितिमा रहनुभएका छनौट समिति संयोजक पूर्व अध्यक्ष भोला आचार्य तथा सदस्यहरु विजय घिमिरे र प्रतिमा बास्कोटालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ भनि उक्त बिज्ञप्तिमा जनाईएको छ ।

प्रतिक्रिया