सोनी लगुनको सुनको चुरा सार्वजनिक

इनेप्लिज २०७८ साउन ९ गते ९:५० मा प्रकाशित

नारी पर्व तिज नजिकिँदै जाँदा गायक,गायिकाहरु आफ्नो मनको पीडा गीतमार्फत पोख्ने गरिरहेका छन्।मायाप्रेमको कुराहरु पनि तिज गीतमार्फत पोखिरहेका छन् ।

तिजकै मेसो पारेर गायक बिर्ख बिश्वकर्मा,गायिका सरश्वती उप्रेतीको मिठो स्वर समेटिएको ‘सुनको चुरा’ बोलको तीज गीत सार्वजनिक भएको छ।

डम्बर बिश्वकर्माको शब्द,सम्झना बिसिको लय रहेको गीतको भिडियो अशोक सुनारले निर्देशन गरेका हुन् भने सुनिता गजमेरको कोरियोग्राफी रहेको छ।

भिडियोमा शीतल केसी,राज गजमेर,अञ्जली अधिकारी,सोनी लगुन आदिको अभिनय रहेको छ।आक्स क्रियशन मिडिया एण्ड मुभिज प्रालिको प्रस्तुती रहेको तीज गीत ‘सुनको चुरा’ ओएसआर डिजिटल प्रालिको युट्युव मार्फत सर्वजनिक भएको हो।

प्रतिक्रिया