एनआरएनए युगाण्डाको अधिबेशन सम्पन्न, बिनोद थापा : सर्वसम्मत अध्यक्ष

इनेप्लिज २०७८ साउन ८ गते १६:५८ मा प्रकाशित

कम्पाला ।गैरआवाशिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती युगान्डाको आज सम्पन्न राष्ट्रिय अधिबेशनले बिनोद थापालाई  सन २०२१/२३ का लागि सर्बसम्मत रुपमा पुन: अध्यक्षमा निर्बाचित गरेको छ ।

 त्यसैगरी  वरिष्ठ उपाध्यक्षमा धनराज गिरि ,उपाध्यक्षमा रमा अर्याल,  महिला उपाध्यक्षमा  सीता कुमारी श्रेष्ठ , महासचिवमा राजु थापा , सचीवमा निकु केसी , कोषाध्यक्षमा मनिषा राना मगर, युवा संयोजकमा  श्रवण झा,महिला संयोजकमा नियोमुबेयी रायसा पान्डे , प्रबक्तामा  तेज बहादुर खड्कालाई चयन गरेको प्रमुख अनुगमनकर्ता एब पुर्व अध्यक्ष रमेश कंडेलले जनाउनु भएको छ ।

त्यसैगरी कार्यकारी सदस्यहरुमा शिव दत्त सुवेदी , श्याम प्रसाद थापा ,सोमनाथ लुइँटेल (रबि) र  डिल्ली   भुषाल निर्बाचित हुनु भएको छ । 

   आज आयोजित उक्त अधिबेशनको निर्वाचन समितीमा प्रमुख रमेश कंडेल र सदस्यहरूमा जिवनाथ पङ्गेनी र गरिमा बस्नेत रहनु भएको थियो ।

प्रतिक्रिया