भीम रावलले लिए राजीनामा फिर्ता

इनेप्लिज २०७८ साउन ८ गते १०:२१ मा प्रकाशित

काठमाडौं।नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।शुक्रबार रावलले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाएको छ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संसदबाट विश्वासको मत लिने दिने माधव नेपाल समूहसँग रुष्ट भएर राजीनामा दिएका थिए।पार्टी र नेता काऱ्यकर्ताबाट राजीनामा फिर्ता लिन दबाब आएको भन्दै रावलले राजीनामा फिर्ता लिएका हुन्।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए।उनको राजीनाको विषयलाई लिएर प्रदेश सरकारका चार मन्त्रीसहित १२ जना सांसदको टोलीले गत मंगलबार काठमाडौ पुगेर रावललाई भेटेका थिए।उनीहरूले रावललाई प्रतिनिधिसभा सदस्य पदबाट दिइएको राजीनामा फिर्ता लिएर पार्टी एकताको पक्षमा उभिन आग्रह गरेका थिए।

प्रतिक्रिया