रिना केसीले सार्वजनिक गरिन् तीज गीत (भिडियो)

इनेप्लिज २०७८ साउन ८ गते १०:१७ मा प्रकाशित

आज बहु चर्चित गायीका रिना केसीकी छोरी खुसी केसीको जन्म दिन।छोरीको जन्मदिन पारेर रिना केसीले गाएको तीज गीत ‘मेरी आमा’ बजारमा आएको छ। गायीका केसीकै युट्यूब च्यानलबाट गीत सार्वजनिक भएको हो।बिदेशमा रहेकी छोरी तीजमा माईत आउन नपाउँदा आमालाई सम्झेर भाबुक भएको बिषयबस्तु गीतमा देख्न सकिन्छ।गीतको शब्द अर्जुन सुबेदीले लेखेका हुन् भने लय केशब सुबेदीले बनाएका हुन्।बर्षा क्षेत्रीको अभिनय देखिने भिडियोको निर्देशक होम गुरुङले गरेका छन् भने गणेश सापकोटाको छायंकन तथा सुबास अम्गाईको सम्पादन गीतमा रहेको छ।खुसी केसीलाई जन्मदिनको लाखौं शुभकामना।भिडियो हेर्नुहोस्।

प्रतिक्रिया