वियोगान्त कथामा प्रस्तुत गरिएको ‘ऐना हेरी हेरी’ सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७८ साउन ८ गते ९:५२ मा प्रकाशित

काठमाडौं– ‘ऐना हेरी हेरी’ गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ।यस गीतमा पुष्पन प्रधान र एलिना चौहानको युगल गायन रहेको छ।भीम बिसीले संगीतवद्द गरेको यस गीतमा पत्रकार शिवराज योगीको शब्द रहेको छ।विश्व अधिकारीको गीतमा संगीत संयोजन रहेको छ।

वियोगान्त कथामा तयार पारिएको यस गीतको म्युजिक भिडियोमा नजिकिदै गएको तिज र कोरोनाको प्रकोप विच रहेको अप्ठ्यारो अवस्थालाई झल्काइएको छ। भिडियोमा आकाश कार्की र अनु काफ्लेलाई फिचर्ड गरिएको छ।नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा सुवोल थापाको कोरियोग्राफी छ।भिडियोको सम्पादन प्रविण भट्टले गरेका हुन्।

सविता अधिकारी निर्मात्री रहेको यस भिडियोलाई गम्भिर विष्टको निर्देशनमा तयार पारिएको हो।निर्मात्री अधिकारी खेलाडी र मोडल समेत हुन्।हाल जापानमा रहेकी निर्मात्री अधिकारीले आफ्नो पहिलो प्रोजेक्टलाई हेरेर प्रतिक्रिया दिन सबै दर्शक,स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेकी छिन्।

प्रतिक्रिया