आइतबार, असोज ३ २०७८
काठमाडौं ०१:४२
वासिङटन डिसी 15:57

बाबुराम भट्टराईलाई महन्त आदित्यनाथ योगी प्रति रिस, डाह र जलन किन ?

इनेप्लिज २०७८ साउन ७ गते ९:४५ मा प्रकाशित

महन्त आदित्यनाथ योगीले गंगा जी मा दुध, जल र पुजा सामग्रीहरु चढाउँदा बाबुराम भट्टराईलाई टाउको दुखाई किन ? महन्त आदित्यनाथ योगीले बाबुराम भट्टराई लाई आतंककारी र १७०००/- हजार जनताहरुको हत्यारा भनिएको कहिले सुनिएन ? बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई झैं हेपेर बोलेको सोचेको होला ? राजा ज्ञानेन्द्रले बाबुराम भट्टराईको बुद्धि र हैसियत नै दुई कौडीको छ यसको पछि के लाग्नु भन्ने मनसायले सामन्य रूपमा लिन्छन तर बाबुराम भट्टराईले महन्त आदित्यनाथ योगी जी को स्वतन्त्रता माथी जिस्काउने र चिढाउने काम नगरेको बेस हुनेछ जस्तो मलाई लाग्छ।बाबुराम भट्टराईले आफुलाई राष्ट्रघातीको रूपमा पहिचान गर्न आवश्यक छ भने महन्त आदित्यनाथ योगी जी देशभक्त नेता हुन।बाबुराम भट्टराईले नेपाली जनताहरुलाई संघीयता,जातीयता,छुवाछूत र धर्मको नाममा उचाले झैं भारतका नागरिकहरुलाई धर्मको नाममा महन्त आदित्यनाथ योगी विरुद्ध उचाल्न र भडकाउन खोजेको हो ?

बाबुराम भट्टराईलाई नेपालमा फोहोरी राजनीतिक खेल खेल्न नपुगेर अब भारतमा फोहोरी खेल खेल्न शुरूवात गरेको हो ?

महन्त आदित्यनाथ योगीले चाहने हो भने एक सेकेन्ड मा नेपालको सत्ता उलट पलट,व्यवस्था परिवर्तन र पद्धति फेरबदल गराई दिन सक्छन।नेपालमा महन्तआदित्यनाथ योगी जी का लाखौं समर्थकहरु छन।प्रधानमन्त्री नरेन्द्र मोदी भन्दा पनि महन्त आदित्यनाथ योगी शक्तिशाली छन।

 

स्वतन्त्र नेपाली नागरिक:

प्रतिक्रिया