प्रदेश प्रमुख अधिकारी –बकर इद पर्व शुभकामना सन्देश

इनेप्लिज २०७८ साउन ६ गते १०:०५ मा प्रकाशित

विराटनगर,६ साउन।प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले इस्लाम धर्मावलम्बी एवं मुस्लिम समुदायको महत्वपूर्ण चाड बकर इद (इदुल जोहा)को अवसरमा आज यहाँ शुभकामना व्यक्त्त गर्नु भएको छ।

प्रदेश प्रमु्ख अधिकारीले आज एक शुभकामना सन्देश जारी गर्नु हुदै विविधताले युक्त्त हाम्रो देश नेपालका राष्ट्रप्रेमी धर्मावलम्बीहरुको महान चाडको अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली इस्लाम दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख,शान्ति,समृद्घि,सुस्वास्थ्य,दीर्घायू एवं उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको छ। सन्देशमा उहाँले ‘कोरोना भाइरस (कोभीड–१९) को महामारीले आक्रान्त पारिरहेको परिप्रेक्ष्यमा चाडपर्व मनाउनु र कोरोनाको सङक्रमणबाट आँफू बच्नु र अरुलाई बचाउनु पर्ने दायित्व सबैमा छ,’भन्नु भएको छ।

प्रमुख अधिकारीले बाँचे मात्र जीवनभरी हर्ष र चाडपर्व मनाउन पाइने भएकाले सम्पूर्ण महानुभावलाई अत्यन्तै सजकताका साथ चाडपर्व मनाउनुहुन सन्देशमा अनुरोध गर्नु भएको छ।बकर इद पर्वले नेपाली समुदायमा धार्मिक,साँस्कृतिक सद्भाव कायम राख्दै भातृत्व एवं आपसी सहिष्णुतालाई थप प्रगाढ तुल्याइ मौलिक संस्कृति र परम्पराको संरक्षण,सम्बर्धन तथा विकास गर्ने विश्वास सन्देशमा उहाँले उल्लेख गर्नु भएको छ।

प्रदेश प्रमुख अधिकारीले नेपाल सरकारले कोरोना भाइरसबाट बच्नका लागि निर्देशन गरेका भौतिक तथा सामाजिक दूरी कायम गर्ने,अनिवार्य माक्सको प्रयोग गर्ने,साबुन पानीले बारम्बार हात धुने र सेनिटाइजरको प्रयोग गर्ने कुरालाई सबैले पालना गर्नुपर्नेमा सन्देशमा जोड दिनु भएको छ।मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताका निम्ति बकर इद पर्वबाट सबैमा प्रेरण मिलोस् शुभकामना सन्देशमा प्रदेश प्रमुख प्यासीले व्यक्त्त गर्नु भएको छ।

 

 

प्रतिक्रिया