बिहीबार, साउन १४ २०७८
काठमाडौं १८:५५
वासिङटन डिसी 09:10

रानी शाक्य र सम्राट चौलागाईको डान्सिङ गीत ‘कमाल किरिमको’ रिलिज ( भिडियो )

इनेप्लिज २०७८ साउन ५ गते २३:१० मा प्रकाशित

लोकप्रिय गायिका रानी शाक्य आधुनिक डान्सिङ गीत ‘कमाल किरिमको’ लिएर प्रस्तुत भएकी छिन।बाबुल गिरीको संगीत रहेको गीतको गायनमा रानी शाक्यलाई अर्का चर्चित गायक सम्राट चौलागाईले साथ दिएका छन।

सुधिर श्रेष्ठ र गीता ढुंगानाको अभिनय रहेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी,शिलन लम्सालको सम्पादन र प्रथम छेत्रीको निर्देशन रहेको छ।भरपुर मनोरञ्जनले भरिएको गीतलाइ संसारभरका विभिन्न डिजिटल प्लेटफर्मको साथै रानी शाक्यको आफ्नै युट्युब च्यानल (Rani Shakya) बाट सार्वजनिक गरिएको हो ।रानी शाक्यको पछिल्लो समयमा धेरै गीतहरू चर्चित रहेका छन।हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिले सम्म ५ दर्जन भन्दा बढी गीतहरु आइसकेका छन।आधुनिक,डान्सिङ गीत, लभ भर्सनका गीतहरुको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी छिन।

प्रतिक्रिया