एन आर एनएअस्ट्रेलियाकॊ हुन गहिरहेको निर्बाचन मा कलाकार शशांक को उम्मेद्वारी

इनेप्लिज २०७८ साउन ४ गते १:०८ मा प्रकाशित

केहि सिनेमा,केहि म्यूजिक भिडियोमा समेत अभिनय गरेका कलाकार शशांक बस्याल हाल अष्ट्रेलियामा बस्दै आएका छन्।अष्ट्रेलियामा फिल्म मेकिङको अध्ययन गर्दै आएका बस्याल पढाइ संग संगै बिभिन्न सास्कृतिक कार्यक्रम तथा अष्ट्रेलियामा हुने धेरै कार्यक्रम मा सहभागीता जनाउदै आएका छन्।

यस पटक शशांक ले यहि जुलाइ ३१ मा हुन गइरहेको एनआर एन ए को निर्बाचनमा आफूलाइ SCC Member (NSW) सदस्य पदको लागि उम्मेदवारको रुपमा उभ्याएका छन्।युवापुस्ताको प्रतिनिधित्व गर्दै शशांक पदको लागी चुनावी मैदानमा प्रवेश गरेका हुन।नेपाल र नेपाली अनि नेपाली बिधार्थिको हक हितको लागी आफू सदैव सकारात्मक रुपमा अगाडि बढ्ने उनले बताएका छन्।बस्यालले नेपाललाइ एक पर्यटन गन्तव्यको रुपमा चिनाउन बिदेशि समुदायमा सहकार्य गर्ने, युवा बर्ग लक्षित गरि बिभिन्न कार्यक्रम सन्चान गर्न,नेपाली कला सस्कृतिलाइ विश्व समुदायमा चिनाउन तथा इन्टरनेश्नल स्टुडेन्टको लागी वर्कसप तथा जव ट्रेनिङको व्यवस्था गर्न आफ्नो समय खर्च गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

कला क्षेत्रको प्रतिनिधित्व गर्दै चुनावमा होमिएका कलाकार शशांक बस्याल आफूलाइ अष्ट्रेलिया बासि नेपालीले साथ दिनुहुने मा विश्वस्त छन् र आफूलाइ मत दिन सम्पूर्ण अष्ट्रेलिया बासि नेपालीलाइ आग्रह समेत गरेका छन्।

शशांकले सकुन्तला,चि मुसि चि सिनेमामा कलाकारको रुपमा काम गरेका थिए भने आधा दर्जन म्यूजिक भिडियो तथा अष्ट्रेलियन बिज्ञापनमा अभिनय गरिसकेका छन्।

प्रतिक्रिया