प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउन व्याण्ड भर्सेस ब्राण्ड–मन्त्री राई

इनेप्लिज २०७८ साउन ३ गते १६:५२ मा प्रकाशित

विराटनगर,३ साउन।प्रदेश नं १ की सामाजिक विकास मन्त्रीउषाकला राईले प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउन ‘व्याण्ड भर्सेस ब्राण्ड’को अवधारणा ल्याईएको बताउनु भएको छ।

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीको आज विदाई कार्यक्रममा उहाँले समृद्ध प्रदेश निर्माणका लागि अरुको मुख ताक्नु नपरोस् भनेर उक्त्त अवधारणा ल्याईएको जानकारी दिनु भयोे।मन्त्री राईले व्याण्ड भर्सेस ब्राण्डको अवधारणा प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश भएर काम अघि बढाईएको बताउनु हुदै दीर्घकालिन लक्ष्य राखेर यसलाई अघि बढाईएको र यसबाट धेरैको रोजगारी सिर्जना विश्वास व्यक्त्त गर्नु भयो।

विदाई भएका सचिव कार्कीले विगत एक वर्ष एक महिनाको बसाईमा धेरै समय कोरोना सङ्क्रमण नियन्त्रणमा केन्द्रित हुनु परेको बताउनु हुदै यसको कारण श्रम तथा रोजगार क्षेत्रको तालिमका लागि आएको बजेट नै फिर्ता गर्नुपरेको जानकारी दिनु भयो।मन्त्रालयका उपसचिव कृष्णप्रसाद पोखरेल,प्रदेश शिक्षा निर्देशनालयका निर्देशक राजेन्द्र बुढाथोकी,सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाई लगायतले सचिव कार्कीले कोरोना नियन्त्रण क्षेत्रमा दत्तचित्त भएर कार्य गरेको विचार राख्नु भयो।

मन्त्रालयका सचिव कार्कीको उद्योग,वाणिज्य तथा आपुर्ती मन्त्रालयमा सरुवा भएको छ।सामाजिक विकास मन्त्रालयमा प्रदेश मुख्यमन्त्री कार्यालयबाट कमल भट्टराई आउनु हुने भएको छ।

 

प्रतिक्रिया