भ्वाइस अफ नेपाल ३ बाट चर्चामा आएकी गायिका सुदिता राईको ‘मिठा मिठा’ गीत रिलिज (भिडियो सहित)

इनेप्लिज २०७८ साउन ३ गते १०:४२ मा प्रकाशित

काठमाडौ।नेपालको चर्चित रियालिटि शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’को नकआउटबाट बाहिरिएकी गायिका सुदिता राईको पहिलो अफिसियल गीत रिलिज भएको छ।‘मिठा मिठा’ बोलको गीतमा गायिका सुदिताकै शब्द तथा संगीत पनि रहेको छ।यस गीतलाई चर्चित गायक तथा संगीतकार देबेश राईले एरेञ्ज गरेका छन्।यो गीत बिशाल चौतारी टिभीको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो।

गायिका सुदिता राईको आफ्नै शब्द,संगीत र स्वरमा यो पहिलो गीत हो।बिछोडको पिडालाई रमाइलो शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा गायिका सुदिता फिचर्ड छिन्।भिडियोलाई बिशाल राई निर्देशन गरेका हुन्,भने छायाँकन र सम्पादन पनि बिशालकै रहेको छ।गायिका सुदिता पछिल्लो समय भ्वाइसपछि गीत रेकर्डिङमा ब्यास्त रहेकी छिन्।चर्चित गायक राई इज किङ राजेश पायल राईसंगको गीत पनि अहिले चर्चामा रहेको छ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया