पत्रकारद्धय लाखे र निरौलाको सम्झनामा श्रद्धाञ्जली सभा

मनोज दाहाल २०७८ साउन २ गते १५:०८ मा प्रकाशित

विराटनगर,२ साउन।अग्रज पत्रकार एवं विराटनगर प्रेस क्लवका संस्थापक अध्यक्ष जीवेश्वर लाखे र पत्रकार सुरेश निरौलाको निधनको सम्झनामा नेपाल पत्रकार महासंघ मोरङले आज यहाँ श्रद्धाञ्जली सभाको आयोजना गरेको छ।

सभामा प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ का कार्यकारी निर्देशक यज्ञ शर्माले नेपाली पत्रकारितालाई जीवनता प्रदान गराउन लाखेले ठुलो भुमिका खेल्नु भएको बताउनु भयो।

नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरे,मोरङका अध्यक्ष संजीव खनाल,सल्लाकार शंकर खरेल,महासंघ मोरङका पुर्व अध्यक्ष शिवबहादुर कार्की,अग्रज पत्रकार रामरिजन यादव,प्रध्यापक चक्रपाणि खनालले पत्रकारद्धय लाखे र निरौलाले पत्रकारिता क्षेत्रमा गरेको योगदानको स्मरण गर्नुभयो । सभा कार्यक्रममा स्व.लाखेको बारेमा पुर्व पत्रकार जनार्दन निरौला र सुरेश निरौलाका बारेमा महासंघ मोरङ सल्लाहकार शंकर खरेलले प्रकाश पार्नुभएको थियो। लाखेको गएको असार २१ र निरौलाको असार ३० गते निधन भएको थियो।

मनोज दाहाल

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया