अफगानी सैन्यदल र तालेवानको भिडन्तमा रोयटर्सका पुलित्जर पुरस्कार बिजेता पत्रकार अफगानिस्तानमा मारिए
अफगानिस्तानमा अफगानी सैन्यदल र तालेवान बीच भएको भिडन्तमा पुलित्जर पुरस्कार बिजेता भारतीय छायाचित्र पत्रकार अफगानिस्तानमा मारिएका छन् । दानिश सिद्धिकी नामका चर्चित फोटो जर्नालिस्ट (छायाचित्र पत्रकार)दुई बीच झडप हुँदा मारिएका हुन् ।
अफगानिस्तानको दक्षिणी क्षेत्रमा भिडन्तमा ३८ बर्षिय सिद्धिकी मारिएका हुन् । सिद्धिकी भारतीय नागरिक हुन् भने इनि रोयटर्स समाचार संस्थाका प्रमुख फोटोग्राफर (छाया चित्रकार ) रहेका थिए ।
अफगानी सेनाले दक्षिणी प्रान्तको कंधार भन्ने ठाउँमा आफ्नो कब्जा जमाएका जुन तालेवानको पूर्वी गढ हो । जहाँ उनले आफ्नो ज्यान गुमाउँदा लडाईका बारेमा समाचार दिई रहेका थिए।
उनलाई तालेवानले धरापमा पारेर आक्रमण गरेका थिए । रोयटर्सले गत शुक्रबार बिहान “तत्काल उनले बढी जानकारी दिन खोजिरहेका थिए ” र “यस क्षेत्रका अधिकारीहरूसँग काम गरि रहेको ” जनाएको छ ।
“डेनिस एक उत्कृष्ट पत्रकार, एक समर्पित पति र बुबा, र धेरै मायालु सहकर्मी थिए,” रोयटर्सका अध्यक्ष माइकल फ्रिडेनबर्ग र प्रमुख सम्पादकले अलेसेन्ड्रा गलोनीले संयुक्त रुपमा भनेको समाचार रोयटर्सले लेखेको छ ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया