काठमाडौं।जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षका पाँच जना सांसदले ठाकुरको साथ छोडेका छन् । ठाकुर पक्ष पाँच सांसदले उनलाई छोडेर उपेन्द्र यादव समूहमा प्रवेश गरेका छन्।
पार्टी कार्यालय बालकुमारीमा बसिरहेको जसपा संसदीय दलको अनौपचारिक बैठकमा उपेन्द्र यादव(बाबुराम भट्टराई पक्षको बैठकमा ठाकुर पक्ष छोडेर आउने सांसदमा प्रमोद साह,अमृता अग्रहरी,रानी मण्डल,नरमाया ढकाल र रुही नाज रहेका छन्।
ठाकुर पक्ष केपी ओली सरकारमा सहभागी भएपछि जसपामा विभाजनको संघारमा पुगेको थियो। उनीहरु आफ्नो पक्षमा आएपछि संसदीय दलमा बहुमत पुगेको उपेन्द्र-बाबुराम पक्षको दाबी छ।उनीहरु अलग अलग हुन खोजिरहेको अवस्थामा सांसदले ठाकुरको साथ छोडेका हुन्।
प्रतिक्रिया