एलिना चौहान र भुवन प्यासीको तीज गीत ‘मखमली’को भिडियो सार्वजनिक
गायक भुवन प्यासीको नयाँ तीज गीत ‘मखमली’को भिडियो सार्वजनिक गरिएको छ । लोक आधुनिक भाकामा सार्वजनिक गीत ‘मखमली’ मा गायक प्यासीलाई गायिका एलिना चौहानले साथ दिएकी छिन् ।गीतमा शब्द शङ्कर अधिकारी घायलको रहेको छ भने सङ्गीत गायक भुवन प्यासीको नै रहेको छ।गीतमा एरेन्ज राजेन्द्र बजगाईको रहेको छ।
कोरोना महामारी र यसबाट जोगिनुपर्ने चेतनामूलक टुक्कासँगै माया प्रेमको विषयलाई तीज गीत मार्फत सार्वजनिक गरिएको छ।वर्तमान परिवेश सुहाउँदो चेतनामूलक गीतलाई तीजको भाकामा निर्माण गरिएको गायक प्यासीको बताए।सुर सङ्गीत स्टुडियोमा निर्माण गरिएको मखमली गीतको म्युजिक भिडियोमा सरिता दान्कुटी र देव महतोको अभिनय रहेको छ।
चितवनमा नै छायाँकन गरिएको सार्वजनिक गीतको भिडियोमा निर्देशन शिव विकको रहेको छ।रबिन्द्र बरालको छायांकन रहेको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन्।गायक प्यासीले गीत आफ्नो अफिसियल यूट्युब च्यालन मार्फत सार्वजनिक गरेका हुन्।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया