लालज्योती भन्दै पूर्वेली भाका लिएर आए गँगाप्रसाद

इनेप्लिज २०७८ असार ३१ गते ९:४० मा प्रकाशित

काठमाडौं,३१ असार-पूर्वेली लोक भाकामा गायक गँगाप्रसाद घिमिरेले आफ्नो नयाँ गीत लाल ज्योती…को भिडियो दर्शकमाझ ल्याएका छन्।विभिन्न चर्चित पूर्वेली लोकभाका गाएर आफुलाई लोक गायकको रुपमा स्थापित गरेका गायक घिमिरेले यो गीत पनि त्यत्तिकै कर्णप्रिय बनाएका छन्।

गायक घिमिरेलाई यो गीतमा भानु ओली,रानु निरौला र नविना ओलीले स्वरमा साथ दिएका छन्।गीतमा भानु ओलीको संगीत रहेको छ।गीतको शब्द पनि भानुले नै तयार गरेका हुन्।यस अघि आफ्नो स्वरमा एक दर्जन गीतहरु दर्शक श्रोतामाझ ल्याइसकेका गायक गँगाप्रसालले दर्शकको चाहना अनुसार यो नयाँ लोक भाका बजारमा ल्याएको बताए।

अरुण उपत्यकाको लय भाकालाई सँकलन गरेर यो गीत तयार गरिएको छ।गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ।भिडियोलाई रोहित लाम्गाडेले निर्देशन गरेका छन् । भिडियोको छायाँकन पनि रोहितकै हो।

भिडियोमा मोडलहरु सुवोध रसाईली र अन्जली माझीको अभिनय रहेको छ।सुवोध र अन्जली दम्पतीको रुपमा यो गीतमा प्रस्तुत भएका छन्।

उनीहरुको मेलापातसँगैको निम्नबर्गिय जीवन शैलीलाई भिडियोमा प्रस्तुत गरिएको छ।ढल्कँदो उमेरसँगै मानिसको मुहारको लालज्योती घट्दै जाने र मानिसको बैंश संधै नरहने प्रसँग यो गीतमा प्रस्तुत गरिएको गायक गँगाप्रसाद घिमिरेले बताएका छन्।

आधा दशकदेखि लोक गायनमा सक्रिय गँगाप्रसाद यतीबेला आफुले यो गीत र यसको भिडियोबाट राम्रो प्रतिक्रिया पाएको बताएका छन्।उनी चाँडै अर्को नयाँ गीत पनि निकाल्ने तयारीमा छन्।

प्रतिक्रिया