न कसैको बिरासत , न कसैको आशिर्वाद

किरण गिरी २०७८ असार ३१ गते ३:५१ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा मुलुक को ४४ प्रधानमन्त्री शेर बहादुर देउवा हुनु भएको मा हार्दिक बधाई तथा शुभकामना ।

संबिधानका सफल कार्यान्वयन कर्ता तिनै तहको निर्बाचन सम्पन्न गराउन सफल राज नेता शेर बहादुर देउवा लाइ बर्तमानले फेरि एक पटक संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र को रक्षा र सम्बर्द्धन गर्ने जिम्मेवारी दिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जन्म विस‌ २००३ जेठ ३१ गते डडेलधुरा जिल्लाको साविकको असीग्राम गाविस वडा नम्बर ५ मा भएको हो । उहाँले प्राथमिक शिक्षा डडेलधुराकै असीग्राम प्राथमिक विद्यालय र निम्न माध्यमिक शिक्षा महेन्द्र मावि तथा माध्यमिक शिक्षा सीताराम मावि उच्चकोट डोटीबाट लिनुभएको थियो। उहाँले स्कुले जीवनबाट नै नेपाली कांग्रेसको राजनीतिलाई आफ्नो आदर्श बनाउन थालिसक्‍नु भएको थियो।

एलएसली दिएपछि देउवा उच्च शिक्षाको लागि विस‌‍ २०२१ सालमा काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना हुनुभयो। उतिबेलाको समयमा डडेल्धुराको दुर्गम भूगोलमा जन्मिएर उच्च शिक्षा लिन काठमाडौं आउनु नै फलामको च्यूरा चपाउनुजस्तै थियो । विकास र शिक्षामा निकै पछाडि रहेको सुदूरपश्चिमबाट उच्च शिक्षाका लागि काठमाडौं आउनुले पनि देउवाको पढाईप्रतिको लगाव पुष्टि हुन्छ

बीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारलाई अपदस्थ गरेर मुलुकमा पञ्चायती शासन सुरु भएको थियो । कांग्रेसका नेता कार्यकर्तामाथि पञ्चायती शासकको गिद्धे नजर थियो । त्यो कठिन समयमा सुदूरपश्चिमबाट काठमाडौंमा अध्ययन गर्नेको संख्या नगण्य थियो । त्यसमा पनि डडेल्धुराबाट काठमाडौंमा रहेकाको संख्यामा औलामा गन्न सकिने थियो ।
त्यो विषम परिस्थितिमा पनि उहाँ देउवा नेविसंघको राजनीतिमा सक्रिय हुनुभयो। राजनीतिक दलमाथि प्रतिवन्ध लागेकाले त्यतिबेला विद्यार्थी संगठनहरु नै आन्दोलनमा सक्रिय हुन्थे । प्रजातन्त्र पुनर्स्थापनाका लागि भएका आन्दोलनमा अग्रमोर्चामा उभिने देउवा पटकपटक पक्राउ पर्नुभयो। निडर स्वभावका देउवाले विद्यार्थीको हकहितमा प्रध्‍यापकसँग पनि निरन्तर आवाज उठाउनुहुन्थ्यो ।
नेविसंघमा सक्रिय भएर काम गरिरहनु भएका देउवा विसं २०२८ सालमा नेपाल विद्यार्थी संघको सभापतिमा विजयी हुनुभयो। नेपालको प्रजातान्त्रिक आन्दोलनको अगुवा विद्यार्थी संगठन नेविसंघको पहिलो निर्वाचित अध्यक्ष बन्न सफल हुनुभयो देउवा ।

डडेल्धुराजस्तो दुर्गम ठाउँबाट काठमाडौं आएको एउटा युवक मुलुककै क्रान्तिकारी विद्यार्थी संगठनको पहिलो निर्वाचित अध्यक्ष हुनु आफैमा चुनौतिपूर्ण थियो नै । नेविसंघको नेतृत्वमा आएपछि उहाँले आफ्नो राजनीतिकलाई झन् सशक्त रुपमा अगाडि बढाउनुभयो।
विद्यार्थी राजनीतिबाट आफूलाई अब्बल बनाउनु भएका देउवा तत्कालीन कांग्रेसका शीर्ष नेताहरुको नजरमा परिसक्नुभएको थियो । कांग्रेसका संस्थापक बीपी कोइरालाले देउवालाई पार्टीको भविष्यको नेताका रुपमा बुझिसकेका थिए ।
देउवाको क्षमतालाई बुझेका बीपीले सुदूरपश्चिममा पार्टीको जिम्‍मेवारी दिएर परिचालन गर्नुभएको थियो । त्यतिबेला उहाँ भारतको बाटोबाट दार्चुला, बैतडी हुँदै डडेलधुरा पुग्‍नु भएको थियो।

सुदूरपश्चिमका गाउँगाउँ पुग्नुभयो । पञ्चायतको जगजगी गाउँ गाउँमा रहेका बेला पनि देउवा कांग्रेसको चारतारे झण्डा बोक्दै प्रजातन्त्रका पक्षमा पार्टी संगठन निर्माणमा जुट्नुभएको थियो ।

नेपालमै त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरिसकेका देउवाले बेलायतको प्रतिष्ठित लन्डन स्कूल अफ इकोनोमिक्समा समेत अध्ययन गर्ने अवसर पाउनुभयो ।

२०४६ सालको जनआन्दोलनको सफलतापछि मुलुकका प्रजातन्त्र पुनर्स्थापना भयो । त्यसपछि आमनिर्वाचनमा सुदूरपश्चिमको जिम्मेवारी देउवालाई सुम्पिएको थियो । देउवाको नेतृत्वमा सुदूरपश्चिममा कांग्रृेसले क्लीनस्वीप नै गर्‍यो ।

देउवाको चर्चा कांग्रेसभित्र मात्र नभएर राष्ट्रिय राजनीतिमै चुलियो । सुदूरपश्चिम कांग्रेसको किल्लाका रुपमा स्थापित गर्ने श्रेय देउवालाई नै जान्छ । देउवाको अभूतपूर्व सफलताकै कारण २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवाले प्रभावशाली मन्त्रालयको जिम्मेवारी पाउनुभयो । उहाँ गृहमन्त्री बन्‍नुभयो।

देउवा गृहमन्त्री बनेपछि बल्ल सुदूरपश्चिमले विकास देखेको हो भन्दा अतिशयोक्ति नहोला । उनी गृहमन्त्री बन्नुअघि सुदूरपश्चिमबाट काठमाडौं आउन भारतको बाटो अपनाउनपर्थ्यो । हप्तौदिन दिन लगाएर भारतको बाटो भएर काठमाडौं आउनुपर्ने बाध्यता थियो ।

आफ्नै देशको राजधानी आउन विदेशी भूमिको बाटो हिड्नुपरेको पीडा देउवालाई थियो । त्यसैले उनले गृहमन्त्री भएलगत्तै एउटा अठोट गरे, सुदूरपश्चिमलाई काठमाडौं जोड्ने । जसको फलस्वरुप काठमाडौंसँग जोड्न २२ वटा पुल निर्माण भए, देउवाकै पहलमा । आज देउवाकै त्यो योगदानका कारण काठमाडौं आउने भारतको बाटो हिँड्नुपर्ने बाध्यता हटेको छ । सुदूरपश्चिमबासीका लागि देउवा धन्य भए ।

गृहमन्त्री बनेको पाँच वर्षभित्रै देउवा मुलुकको प्रधानमन्त्री बन्‍नुभयो। राजनीतिको धेरै उतार चढाव खेप्‍नु भएका देउवाले कांग्रेसभित्रको बढ्दो सत्ता संघर्षमा उहाँले किशुनजी र गणेशमान सिंहको प्रत्यक्ष अप्रत्यक्ष साथ पाउनु भएको थियो।

कांग्रेसभित्र मात्र नभएर राष्ट्रियरअन्तर्राष्ट्रिय जगतमै श्रद्धापूर्वक नाम लिने नेता हुनुहुन्छ, किसुनजी र गणेशमान सिंह । देउवा वीपी कोइराला, किसुनजी, गणेशमान सबैको प्रीय बन्नुभयो । एउटा नेताका लागि यो भन्दा अर्को सफलता हुन सक्दैन ।

गिरिजाबाबुसँग पनि निकट सम्बन्ध हुनुभएका देउवाले पार्टीको दशौं पोखरा महाधिवेशनमा कोइरालालाई नै नेतृत्वका लागि चुनौती दिनुभयो। पार्टीमा सबैलाई समान व्यवहार नभएको र संघर्ष गरेका नेता कार्यकर्ताको मूल्यांकन नभएको भन्दै देउवाले कोइरालालाई नेतृत्वमा चूनौति दिनुभएको थियो । देउवाले त्यँहीबाट पार्टीमा संघर्ष गरेका, इमान्दार नेता कार्यकर्ता उल्लेखनीय साथ र सहयोग पाए ।

देशमा माओवादी सशस्त्र युद्ध उत्सर्गमा थियो । दैनिक हत्या हिंसाका घटनाहरु सामान्य जस्तै बनिसकेका थिए । देउवा माओवादीलाई शान्तिप्रक्रियामा ल्याएर देशमा अमनयन स्थापना गर्न चाहनुहुन्थ्यो । गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा कांग्रेसको एकमना सरकार थियो । तर कांग्रेसलाई राजा र सेनाको असहयोग पनि बढ्दै गएको थियो ।

एमालेले ५७ दिनसम्मको संसद घेराउ गरेको थियो । देशको राजनीतिक वातावरण बिथोलिएको अवस्था थियो । असहज अवस्था बढ्दै गएपछि कांग्रेस सभापति समेत रहेका गिरिजाप्रसादले २०५८ असार प्रधानमन्त्रीबाट राजिनामा दिनु भएको थियो।

संसदमा कांग्रेसको बहुमत रहेकाले फेरि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने निश्चित थियो । देउवा संसदीय दलको नेता चुनिनुभयो । उहाँले सुशील कोइरालालाई हराएर दलको नेता बन्‍नुभयो। दलको नेता प्रधानमन्त्री बन्ने विधानको व्यवस्था अनुसार देउवा दोस्रोपटक प्रधानमन्त्री बन्नुभयो।

उहाँले माओवादीसँग वार्ताको पहल गर्नुभयो । माओवादीसँग औपचारिक रुपमा शान्तिवार्ताको पहल देउवाकै पालामा पहिलोपटक भएको थियो । पार्टीभित्रको विवाद बढ्दै जाँदा देउवाले नयाँ पार्टी स्थापना गरे । ठूलो संख्यामा नेता कार्यकर्ताको साथ पाउनुभयो ।

राजनीतिक घटनासँगसँगै विंस‌ २०६१ साल माघ १९ गते ज्ञानेन्द्रबाट ‘शाही कू’ भयो । देउवा अपदस्थ गराएर ज्ञानेन्द्रले सत्ता हातमा लिए ।

आन्दोलन र देउवा स्(
देशमा प्रजातन्त्रका लागि फेरि आन्दोलन चर्कियो । १९ दिनको आन्दोलनले संसद पुनर्स्थापना भयो । गिरिजाप्रसादको नेतृत्वमा अन्तरिम सरकार बन्यो । त्यसमा सबै दल सहभागी भए । मुलुकमा संविधान सभाको निर्वाचन हुने भयो । कोइराला र देउवाबीच पार्टी एकीकरण भयो । कांग्रेस फेरि एक भयो ।

नेपाली कांग्रेसको राजनीतिमा पाँच दशकदेखिको अनवरत राजनीतिपछि देउवा कांग्रेसको नेतृत्वमा पुग्न सफल हुनुभयो । कांग्रेस नेतृत्व कोइराला परिवारभित्रै सीमित भइरहेका बेला २०७२ साल फागुनमा सम्पन्न तेह्रौँ महाधिवेशनमा देउवाले पार्टी सभापतिमा विजयी हुनुभयो । उहाँले तत्कालीन पार्टीको कार्यवाहक सभापति रहनुभएका रामचन्द्र पौडेललाई हराउनुभएको थियो ।

दशकौं लामो संघर्षपछि देउवा कांग्रेसको नेतृत्वमा आउन सफल हुनुभएको हो । कांग्रेसको नेतृत्वमा बनेको नेपालको संविधान कार्यान्वयनको चुनौतिपूर्ण समय थियो ।

वीपी कोइरालाले २००७ सालमा देखेको सपना थियो, संविधानसभाबाट संविधान निर्माण । कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा संविधान जारी भएको थियो । त्यसलाई कार्यान्वयन गर्ने चूनौति देउवाको काँधमा थियो ।

पार्टी सभापति, मुलुकको जिम्मेवार र परिपक्व नेता हुनुको नाताले देउवाले संविधान कार्यान्वयनको जिम्मेवारी लिनुभयो । उहाँ २०७४ साल असारमा चौथोपटक मुलुकको प्रधानमन्त्री बन्नुभयो । उहाँकै नेतृत्वमा तीन तहको निर्वाचन सम्पन्न भयो ।

देउवाको राजनीतिक जीवनकै ठूलो सफलता थियो निर्वाचन । र संविधान कार्यान्वयका लागि निर्वाचन अपरिहार्य थियो ।

संविधानप्रति असन्तुष्ट मधेश केन्द्रीत दलहरु आन्दोलनमा थिए । मधेश जलिरहेको थियो । प्रतिकुल परिस्थितिमा पनि आन्दोलनरत शक्तिलाई सहमतिमा ल्याएर निर्वाचन गर्नु निकै चुनौतिपूर्ण थियो । तर देउवा यसमा सफल भए ।

प्रजातन्त्र, राष्ट्रियता र संविधानमाथि सम्झौता नगर्ने छवि बनाउनुभएका देउवा अहिले पनि लोकतन्त्रका पक्षमा उत्तिकै सक्रिय हुनुहुन्छ ।

सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष रहुनुभएका उहाँ सन् २०१३ देखि उक्त सङ्गठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष हुनुहुन्छ।

प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँले पटक–पटक गरी नौ वर्ष जेल जीवन बिताउनुभएको छ।

प्रधानमन्त्री देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्विट्जरल्यान्ड, ग्रिस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायत मुलुकको भ्रमण गर्नुभएको छ । संबिधान र लोकतन्त्र लाइ सहि ट्र्याकमा हिडाउने काम पनि नेपाली कांग्रेस का सभापति एबं प्रधानमन्त्री शेर बहादुर देउवा बाट नै हुने छ ।

लेखक पत्रकार एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ

 

प्रतिक्रिया