माधव नेपाल गद्धार हुन,उनलाई क्षमा दिन सकिदैन ओली

इनेप्लिज २०७८ असार ३० गते १०:२१ मा प्रकाशित

काठमाडौं।नेकपा एमालेका अध्यक्ष एवम् निर्वमान प्रधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपाल गद्धार भएको टिप्पणी गरेका छन्।उनले माधव नेपाललाई गद्धारको संज्ञा दिदै उनलाई क्षमा दिने ठाउँ नरहेको स्पष्ट पारे।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोड्दै बालकोट पुगेर कार्यकर्ताहरुको समर्थनलाई सम्बोधन गर्दै ओलीले भने,‘पछाडि लाग्नेहरुको सन्दर्भमा उहाँहरुले कमी कमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न चाहनु हुन्छ भने उहाँहरुलाई मौका दिन्छौं।तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार गर्ने कुनै ठाउँ छैन।’

‘हाम्रै पार्टीभित्र विभिन्न शक्तिहरु छन्।घुसपैठ यस्तो भयो,पार्टीका कुतत्वहरु प्रतिक्रियावादीका पछिपछि लागेर पार्टीका विरुद्ध,जनताको शक्तिका विरुद्ध, लोकतन्त्रका विरुद्ध आफ्नै सरकार ढाल्न कहिले राष्ट्रपतिकहाँ विरोधीलाई अगाडि लगाएर गए,’ओलीले भने,‘माधव नेपालजस्ता लाज सरम हराएका…उनको पछाडि लाग्ने केही व्यक्तिहरु छन्।

प्रतिक्रिया