इटाली बन्यो युरोकप बिजेता,रोनाल्डोले पाए सुनको जुत्ता

इनेप्लिज २०७८ असार २८ गते ०:१३ मा प्रकाशित

अन्तत्वगत्वा इटाली युरोकप बिजेता बन्न सफल भएको छ । इङ्ल्याण्डको युरोकपको उपविजेतामा चित्त बुझाउनु परेको छ । लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिए पछि खेल पेनाल्टीमा पुगेको थियो ।

प्रारम्भिक चरणमा इङल्यान्डलाई लुक शाले खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । इटलीका लियोनार्दो बनुचीले ६७ मिनेटमा बराबरी गोल फर्काएका थिए । अतिरिक्त समयमा भने दुबै टोलीले गोल गर्न नसके पछि पेनाल्टी हान्न लगाईएको थियो ।

युरोकप इटलीले यो दोश्रो पटक जितेको हो । इटलीले सन् १९६८ मा पहिलो पटक युरो जितेको थियो । स्मरण रहोस सन् २००० र २०१२ मा अन्तिम खेल अर्थात् फाइनल पुगेर इटली उपबिजेतामा चित्त बुझाउनु परेको थियो ।

यससँगै इटाली पछिल्ला ३४ खेलमा अपराजित पनि बन्न पुगेको छ । युरोपको अन्तिम चरण अर्थात् फाइनलमा इङ्गल्यान्ड पहिलो पटक पुगेको थियो । यसै गरि पोर्चुगलका टोली प्रमुख क्रिस्टीयानो रोनाल्डोले गोल्डेन बुट (सुनौलो जुत्ता )प्राप्त गरेका छन् ।

इटालीले बेलायतलाई हराए पछि आधिकारिक रुपमा उनलाई प्रदान गरिएको हो । रोनाल्डोले पोर्चुगलको तर्फबाट ५ गोल गरेका थिए भने चेक रिपब्लिकका प्याट्रिक सिकले पनि ५ गोल गरेका थिए । तर युईएफअको केही मापदण्ड अनुसार रोनाल्डोलाई दिइएको छ ।

प्रतिक्रिया