महोत्तरी।महोत्तरीमा जेठ १९ गतेदेखि हराएकी एक युवती आज मृत अवस्थामा फेला परेकी छन्।लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव प्रहरीले फेला पारेको हो।
प्रहरीले निर्माणाधीन पेट्रोल पम्पकाे शौचालयको ट्याङ्कीमा फलिएको अवस्थामा शव फेला पारेको छ । शव फालेर ट्याङ्कीमाथि प्लास्टर गरिएको थियो।सुराकीका आधारमा प्रहरीले प्लास्टर फुटाएर शव निकालेको छ।
सुजिता हराएपछि माइती पक्षले ससुरा ५० वर्षीय पतिराम ठाकुर,देवर २६ वर्षीय रूपेश ठाकुर र देवरानी २५ वर्षीय रोमी ठाकुरविरुद्ध उजुरी दर्ता गराएको थियो। यसअघि प्रहरीले असार १३ गते खेतमा कपाल,कपडा र अन्य केही वस्तु फेला पारेको थियो।
सोही दिन प्रहरीले सुजिताको हत्या आरोपमा देवर रुपेश र श्रीमान् मुकेशलाई नियन्त्रणमा लिएको थियो।अन्य अभियुक्त भागेका छन्।दाइजो र सम्पत्तिको लोभ नै हत्याको कारण हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ।हिरासतमा रहेका देवर रुपेशले हत्या स्वीकारेको बताइएको छ।
सुजिताको हत्या आरोपमा माइती पक्षले उनका ससुरा,देवर,देवरानी,श्रीमान सहित ६ जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराइसकेको छ। जसमध्ये श्रीमान र देवर पक्राउ परेका छन्।अन्य अभियुक्त फरार छन्।
प्रतिक्रिया