बाह्रबुँदे सहमतिको नाममा राजसंस्था र हिन्दु राष्ट्र फालेर नेताहरूले झुक्याए!

इनेप्लिज २०७८ असार २७ गते ११:१८ मा प्रकाशित

बाह्रबुँदे सहमतिको नाममा राजसंस्था र धर्म सापेक्ष प्याँकी गिरिजा प्रसाद कोइराला,सुशील प्रसाद कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवा,माधवकुमार नेपाल,पुष्पकमल दाहाल बाबुराम भट्टराई,नारायण काजी श्रेष्ठ,सुबास नेम्वाङ,झलनाथ खनाल के.पी. शर्मा ओली, भीम रावल,ईश्वर पोखरेल र बामदेव गौतम लगायतका नेताहरूले नेपाली जनताहरुलाई झुक्याए । यसकारण बाह्रबुँदे सहमति धोका हो।

बाह्रबुँदे सहमतिमा राजसंस्था र धर्म सापेक्षलाई हटाउनुपर्छ अर्थात फ्याँक्नुपर्छ कहिँ कतै उल्लेख नभएको कुराहरु बल्ल सुनिन्छ।नेताहरूले छलकपट र जालझेल गरि झुक्याएर राजसंस्था र धर्म सापेक्ष हटाएका हुन भन्ने कुराहरू बाहिरिन शुरूवात भएको छ।सत्यतथ्य कुराहरू बाहिर आउन शुरुआत भइ सकेपछि हालको वर्तमान अवस्थामा नेताहरूलाई आपत र विपत्तिको सामना गर्नुपर्ने भएको छ।

बाह्रबुँदे सहमतिको नाममा धोका भएको भन्दै भारतको पत्रपत्रिका हरुमा लेखहरु समेत प्रकाशित र भारतका नेताहरू बीच बहसहरुको शुरूवात भएको सुनिन्छ।सर्वप्रथम बुझ्नुपर्ने जरुरी कुरा के छ भने नेताहरूको विश्वसनीयता नभएकोले राजा होइन राजसंस्था खोजेको हो।राजसंस्थाको विरोध गरेर मात्र समाधान हुने छैन।राजा जो कोही पनि बन्न सक्छ।

तल वर्णन गरिएको सबैजना एक से एक दिग्गज,अनुभवी र खुबी भएको र मुलुकको सीस्टम बारे जानकार हुनुहुन्छ।यसकारण नेपाली सेनाका सिपाही,मेजर, कर्णेल,रथी,उपरथी,प्रधानसेनापति लगायत नेपाल प्रहरी,सशस्त्र प्रहरीका इन्सपेक्टर,डिएसपी, एसपी, एसएसपी,डिआइजी, एआइजी, प्रहरी महानिरीक्षक लगायत अदालतका न्यायाधीशहरु,प्रधानन्यायाधीशहरु लगायत र ब्युरोकेसीका सचिव,उपसचिव र सहसचिव लगायत जो कोही पनि राजा बन्न सक्छ तर सर्वप्रथम पहुँचको आवश्यक पर्छ किनभने कसको पहुँच कहाँ कहाँ सम्म छ महत्त्वपूर्ण कुरा हो।यसपछि आँट, हिम्मत र साहसको आवश्यक छ।यदि कसैमा आँट, हिम्मत र साहस छ भने राजा बनेर मुलुकलाई निकास दिन तत्काल आवश्यक छ।

-स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।

प्रतिक्रिया