आइतबार, साउन २२ २०७९
काठमाडौं २१:५७
वासिङटन डिसी 12:12

गजल :-संसार

शारदा क्षेत्रि २०७८ असार २६ गते २२:३३ मा प्रकाशित

कस्तो हो फेसबुके सन्जाल को साथ पनि !
बुझ्नै गा्ह्रो भयो यसको हाल बात पनि !!

वा वा वा ब्यूटीफ़ुल ह्याण्डसम नभने !
च्वाट्टै छोडि दीन्छ साथिको साथ पनि !!

गर्छ अरुलाई कौन पुछे खिचडीको दाल ?
मैं हुँ भनि देखाऊछ घमण्ड को मात पनि !!

धनिलाई खोजि …खोजि साथि.. बनाऊछ !
गुन गान गाऊँदै समाऊछ उसको हात पनि !!

अरुको लाईक कमेन्ट गर्ने मन लाग्दैन उस्लाई
सरासर देखाऊछ उस्को सबै औकात ….पनि !!

प्रतिक्रिया