नायिका तथा निर्मात्री जेनी कुँवरद्वारा आत्महत्या

इनेप्लिज २०७८ असार २५ गते २२:४४ मा प्रकाशित

काठमाडौं।नायिका तथा निर्मात्री जेनी कुँवर मृत फेला परेकी छन्।प्रहरी वृत्त,बानेश्वरका डीसएपी मिमबहादुर लामाले,उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेको जानकारी दिए।

प्रहरीले आत्महत्याको कारण डिप्रेशन हुनसक्ने जनाएको छ।उनी विगत एक वर्षदेखि डिप्रेशनमा थिइन्।जेनी विगत केही समययता पशुपति मन्दिर परिसरमा साधुको अवतारमा बसिरहेकी थिइन्।

प्रहरी यतिबेला अपार्टमेन्ट पुगेर घटनाको विषयमा अनुसन्धान गरिरहेको छ।प्रहरीका अनुसार,जेनीको ‘सुसाइड नोट’ समेत भेटिएको छ।

जेनीले चलचित्र ‘धुम,मैदान,मिस्टर डन,हलचल,घायल,जीवनदाता,त्यागी मान्छे,हाम्रो मिलन कहिले हुन्छ,विन्ती पत्र,अभिमन्यू’ लगायतमा काम गरेकी छिन्।

प्रतिक्रिया