प्रदेश नं १ प्रदेश सभा वैठक

इनेप्लिज २०७८ असार २३ गते २१:५१ मा प्रकाशित

विराटनगर,२३ असार।प्रदेश नं १ की सामाजिक विकास मन्त्री उषाकला राईले सरकारले प्रदेशका १४ जिल्ला अस्पतालहरुलाई सुविधा सम्पन्न बनाई आठ देखि दश जनासम्म दक्ष चिकित्सक सहित स्वास्थ्यकर्मीलेहरुको व्यवस्था गर्ने बताउनु भएको छ।

प्रदेश नं १ प्रदेश सभाको आठां तथा बजेट अधिवेशनशको १९ औं आजको वैठकमा विनियोजन विधेयक २०७८ मा निर्दिष्ट गरी मन्त्रालयसँग सम्वन्धित शीर्षक माथी विभिन्न सदस्यहरुले राख्नु भएको प्रश्न तथा जिज्ञासाको जवाफ दिने क्रममा सो धारणा राख्नु भएको हो।

उहाँले हिमाली,पहाडी तथा तराई क्षेत्रका जिल्ला कार्य गने चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई क्रमशः ३००,२५० र २०० प्रतिशत अतिरिक्त भत्ताको व्यवस्था गरिएको जानकारी दिनु भयो।

मन्त्री राईले प्रदेशका जनताको स्वास्थ्यप्रति सरकार सचेत रहेको छ भन्दै क्रमशः रुपमा कोभीड–१९ खोप लगाउँदै जाने बताउनु भयो।

यस्तै आजको वैठकमा भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले प्रदेशमा खेर जाने दुधको व्यवस्थापनका लागि वैकल्पिक व्यवस्थाका लागि दुग्ध सहकारी संस्थालाई सहयोग गरेको बताउनु भयो।

विनियोजन विधेयक,२०७८ मा निर्दिष्ट गरी मन्त्रलयसँग सम्वनिधत विभिन्न शीर्षकमाथि भएको छलफलको क्रममा प्रदेश सदस्हरुले उठाउनु भएको विभिन्न प्रश्न एवं जिज्ञासाको जवाफ दिने क्रमको उहाँले सो कुरा बताउनु भएको हो।

उहाँले झोले किसानलाई अनुदान दिएको सम्वन्धमा कुनै उजुरी नआएको बताउँदै स्थलगत रुपमा अनुगमन पश्चात कृषि अनुदानको व्यवस्था गरेको जानकारी दिनु भयो।

मन्त्री मगरले मकै उत्पादन र बजारीकरणमा ध्यान दिएको चर्चा गर्दै मासुमा प्रदेश आत्मनिर्भर भै अन्य प्रदेशमा निर्यात भैरहेको बताउनु भयो।

कृषि उत्पादनको बजारीकरणका लागि स्थानीय निकाय, सहकारीमार्फत कृषि औजार,शित भण्डार लगायतका कार्य भैरहेको जानकारी दिनु भयो।

यस अघि मन्त्रालयसँग सम्वन्धित शीर्षकमाथि भएको छलफलमा इन्द्रबहादुर आङवो,उमिता विश्वकर्मा,चुमनारायण सरदार,जयराम यादव,झलकबहादुर मगर,पूर्णप्रसाद राजवंशी,विमल कार्की,शिवनारायण गनगाई र लछुमन तिवारी भाग लिनु भएको थियो।

यसैगरी आज भएको शुन्य समयमा कूलप्रसाद साम्वा,सरिता थापा, सितादेवी थेवे,सौभाग्वतीदेवी राई किराँत,खुनु लाङवा लिम्बुले सामाजिक विकास मन्त्रालय सम्वन्धित जिज्ञासा राख्नु भएको थियो।

प्रदेश सभाको अर्को बैठक यही असार २४ गते विहीबार दिनको ११ः३० बस्ने उपसभामुख सरस्वती पोखरेलले सदनमा जानकारी दिनु भयो।

 

प्रतिक्रिया