संसारकै बिकसित मुलुक क्यानाडामा बसोबास गर्ने नेपाली समुदायमा पनि ” जातीय बिभेद ” भएकोटोरोन्टोबाट सुबास दुतराजले ईनेप्लीजलाई जानाकारी गराए ।
क्यानाडाको राजधानी टोरोन्टो नजिकै नेपालीहरुको एक रात्री भोजमा जाँदा :रात्रीभोजको किचनमा खाना पकाई रहेका महिलाहरुलाई सहयोग गर्न खोज्दा – तल्लो जातको भनेर आफ्नो श्रीमतीलाई किचनमा छुन नदिएर हेपेकाले,सारै नै चित्त दु:खेर भोज नै छोडेर हिंड्नुपरेको दु:खान्त क्यानाडाका समाजसेवी सुबास दुतराजले सुनाए।
मास्टर्स डिग्री उतिर्ण सुवास बिगत २० बर्ष देखी क्यानाडामा रहेका छन्।ब्याचलर्स , मास्टर्स , पि० एच० डी० गरेका नेपालीहरुकै जमघटमा उपल्लो जात भनिने ब्राह्मण महिलाहरुले तल्लो जातको भनेर सुबास दुतराजका श्रीमतीलाई किचनमा छुन नदिएका हुन्।
राजधानी टोरोन्टो नजिकै मिसिसागा शहरमा एक नेपालीको घरको बेसमेन्टमा भाडामा बसेका दुई जना नेपाली युबाहरुको थर थाहा पाएपछी तल्लो जातको भनेर घरबेटी नेपालीले घरबाटै निकालेको अर्को दु:खद समाचार समेत सुबास दुतराजले सुनाए।
जातको कारणले छुवाछुत ( जातीय बिभेद ) गरेको थाहा मात्रै पाएमा त्यस्तो जातिय बिभेद गर्ने ब्यक्तीलाई प्रहरीलेहत कडी लगाएर जेलको बास गराईदिने एकदमै कडा कानुन भएको क्यानाडा जस्तो संसारकै बिकसित मुलुकमा बसोबास गर्ने पढेलेखेका नेपालीहरुको दिमाखमै जातीय बिभेदको सोँचाई भएकोले ,यस बारेमा नेपाली दुतावासले शसक्त रुपमा बोल्नुपर्छ र क्यानडामा भएका सबै नेपाली संघ,संस्थाहरुले पनि जातीय बिभेद बिरुद्ध काम गर्नुपर्दछ – कन्सर्न नेपाल,क्यानाडाका सक्रिय कार्यकर्ता सुबास दुतराज भन्छन्।
प्रतिक्रिया