चलचित्र रिभेन्जको ”नशालु यो रात” सार्वजनिक !

इनेप्लिज २०७८ असार २२ गते ९:५५ मा प्रकाशित

काठमाण्डौं।कोरोना कहरका कारण थलिएको नेपाली सिनेमाको बजार क्रमश सुधारको बाटोमा अगाडि बढ्दै गएको छ।डि. एस. डिजिटल सिनेमाको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र रिभेन्जको ”नशालु यो रात”गीतको भिडियो सार्वजनिक भएको छ।मायालु युगल जोडि विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ।

मोहन गमालको प्रस्तुती अमन कुमार देव र पुस्पराज नेपालको निर्माण अनि शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको चलचित्रमा
जवानीको आवेग कसरी पोखिन्छ भन्ने कुरा गीतमा देखाइएको छ।

रबिन श्री र माया चाहरलाई फिचरिङ गरिएको गीतमा कृष्ण पाण्डेको छायांकन,राजन महर्जनको नृत्य,निर्देशन बिश्वास भण्डारीको, सम्पादन इन्द्र कुमार श्रेष्ठ सरितको गीत राजु लामाको संगीत दिलु श्रेष्ठ र दिपक घिमिरेको स्वर रहेको छ।

रिभेन्ज चलचित्रमा रबिन श्री,पुष्पराज नेपाल,पत्रकार खगेन्द्र घिमिरे,रोशन बिसि,विशाल अग्रवाल,पदम सुनार,रेनु थापा,गङा कुवर,अम्बिका खड्काको अभिनय रहेको निमार्र्ण पक्षले जानकारी दिएको छ।

राजेन्द्र बजगाइको पार्स्व संगीत अनि सिएल शर्मा,पुर्ण सापकोटा,शंकर अधिकारी घायल,सन्तोष प्रगाढको संगीत शंकर अधिकारी घायल,सुभाष गौतम,हरि मानन्धर बिबस को गीत रहेको छ।

”नशालु यो रात” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

प्रतिक्रिया