बिनोद र ससिकाको ‘एकैसाथ यो झरीमा’ गीत रिलज, प्रविन र अञ्जनाको जोडी जम्यो (भिडियो सहित)
काठमाडौ।नेपाली तारा सिजन ३ फ्रेमबाट चर्चामा आएका गायक बिनोद राई र द भ्वाइस अफ नेपाल सिजन २ फ्रेमबाट चर्चामा आएकी गायिका ससिका राईको नया गीत रिलिज भएको छ।‘एकैसाथ यो झरीमा’ बोलको गीत देबेश ससिका युट्युव च्यानलबाट रिलिज गरिएको छ।यस गीतमा इन्दु तामाङको शब्द रहेको छ भने नेपाली तारा सिजन ३ का फस्ट रनरअप चर्चित गायक देबेश राईको संगीत,एरेञ्ज र मिक्सिङ मास्टर रहेको छ।यस गीतलाई आफ्नै स्टुडियोमा रेकर्ड गरिएको हो।
‘एकैसाथ यो झरीमा’ गीतको म्युजिक भिडियोलाई फराज अर्पणले निर्देशन गरेका छन्।म्युजिक भिडियोमा प्रविन राई र अञ्जना बराइलीको अभिनय देख्न सकिन्छ।गीतको भाव र म्युजिक भिडियोको स्टोरी अनुसार प्रविन र अञ्जनाले उत्कृष्ट काम गरेका छन्।प्रविन र अञ्जनाको जोडीपनि म्युजिक भिडियोमा जमेको छ।यस भिडियोलाई निर्देशनसंगै सिनेमाटोग्राफी र सम्पादन पनि फराज अर्पणकै रहेको छ।
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
प्रतिक्रिया