मुलुकमा संसदीय व्यवस्था असफल अब प्रधानसेनापति पुर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा मिली मुलुकलाई निकास दिन आवश्यक छ।
नेताहरूको कारण मुलुकमा संसदीय व्यवस्था फेल भयो।सेनाहरु र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको शासन व्यवस्था आवश्यक।मुलुकमा पटकपटक को संसद विघटनले गर्दा नेताहरू जति सबै मुलुकलाई निकास दिन असफल भए यसकारण मुलुकमा संसदीय व्यवस्था असफल भएको छ।
नेताहरूको कारण नै मुलुकमा संसदीय व्यवस्था असफल भएको छ।नेताहरू आफुहरुले मुलुकलाई निकास नदिने अरुलाई दोष लगाएर मात्र हुन्छ।अब सेनाहरुलाई, राजालाई र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा लगायतका न्यायाधीशहरुलाई दोष दिन मिल्छ।आफुहरु अनुकूलको फैसला भयो भने ठिक आफुहरु अनुकूलको फैसला नभयो भने बेठीक भन्ने कहाँको प्रचलन हो।कुराहरू नबुझी नेताहरूको लहलहैमा उफ्रिनु कार्यकर्ताहरु र जनताहरुको ठुलो भुल र मुर्खता हो।नेताहरूले आजसम्म सबैलाई झुक्याउँदै भ्रमजाल र गुमराहमा पार्दै आएका छन।यसकारण अब हाम्रो मुलुकमा सेनाहरु र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको शासन चाहिएको छ।
विक्रम सम्वत २०५२ सालदेखि माओवादीका पुष्पकमल दाहाल,कृष्ण बहादुर महरा र बाबुराम भट्टराई लगायतका नेताहरूले जनयुद्धको थालनी गरे उद्देश्य सत्तामा जान र पैसा कमाउन आफ्नो लडाकुहरुको रकम सम्म खाइदिए।१७०००/- भन्दा बढी सर्व साधारण जनताहरुको हत्या गरे।पाँच हजारको हत्या गरेको जिम्मा स्वयं प्रचण्डले लिएका थिए।
कांग्रेस,एमाले र माओवादी लगायतका राजनीतिक पार्टीका नेताहरूले विक्रम सम्वत २०६२/०६३ सालमा राजा ज्ञानेन्द्र शाहलाई राजगद्दीमा बसेको देख्न सकेनन राजा ज्ञानेन्द्र शाहको रिस र डाह गरि विरोधमा जनताहरु भडकाई आन्दोलन गरे।नेताहरूले राजा ज्ञानेन्द्र शाहलाई पनि शासन चलाउन दिएनन र नेताहरूले आफुहरुले पनि आजसम्म मुलुकलाई निकास दिन सकेनन।मुलुकलाई निकास दिने दायित्व र जिम्मेवारी सबै नेताहरुको थियोे तर नेताहरू सत्ता लिप्साको भोगी र राज्यकोष ढुकुटी दोहन गर्न मात्र लागे।नेताहरूले विक्रम सम्वत ०६२/०६३ सालबाट सहमति,सहकार्य र सम्झौताको नाममा जनताहरुलाई कहिले संघीयता कहिले धर्म निरपेक्ष कहिले जातीयता कहिले सुकुम्बासी कहिले नागरिकता लगायतका विषयहरुमा मुद्दाहरु उठान गरि अनौठो अनौठो भ्रमहरु सिर्जना गर्ने काम मात्र गरे।
हाम्रो मुलुकमा समय समयमा राजा महेन्द्र र बिरेन्द्रबाट प्रजातन्त्र छुट दिने पनि काम भएको थियोे र नेताहरूले प्रजातन्त्रको सदुपयोग गर्न सकेनन राजा महेन्द्र र बिरेन्द्र बाट सत्ता आफ्नो हातमा लिने पनि काम भयो । विगतको घटनाक्रमले के दर्शाउँछ भने हालको वर्तमान परिस्थिति मात्र होईन विगतमा पनि बिशेश्वर प्रसाद कोइराला लगायतका नेताहरू यसपछि गिरिजा प्रसाद कोइराला लगायतका राजनीतिक नेतृत्वहरु मुलुकलाई निकास दिन पटकपटक असफल भएका छन।यसकारण अब मुलुकमा प्रधानसेनापति पुर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा मिली मुलुकलाई तत्काल निकास दिन आवश्यक छ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया