आगामी एक हप्ताभित्र सञ्चारकर्मीहरु कोरोना बिमा रकम भुक्तानी गर्न पर्ने

इनेप्लिज २०७८ असार १८ गते २२:०० मा प्रकाशित

विराटनगर,१८असार।कोरोना पीडित पत्रकारहरुले कोरोना बिमा वापत दाबी गरिएको रकम आगामी एक हप्ताभित्र भुक्तानीको माग गर्दै आज उहाँ ज्ञापन पत्र वुझाएका छन्।

पत्रकारहरुको १९ जनाको टोलीले बिमाको दावी अनुसारको रकम भुक्तानी नपाएकोले अजोड इन्सुरेन्स लि.का विराटनगरका प्रबन्धक केदारबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाएका छन्।

उनीहरुले सङ्क्रमित भई बीमा दाबी गरेको एक महिनाभित्र भुक्तानी दिने भनि गरिएको प्रतिवद्धता विपरीत ११ महिना बितिसक्दा पनि भुक्तानी नदिएको बताइएको छ।

सञ्चारकर्मीहरुले तीन दिनभित्र लिखित जानकारी दिन र आगामी एक हप्ताभित्र दाबी रकम भुक्तानी गर्न माग समेत गरेका छन्।

ज्ञापनपत्रमा तीन दिनभित्र लिखित जानकारी दिन र एक हप्ताभित्रमा दाबी रकम भुक्तानी गर्न अनुरोध गर्नु पर्ने अन्यथा सम्पूर्ण पीडित बिमितलाई संगठित गरी यस कम्पनीको विरुद्धमा चरणबद्ध रुपमा कानूनी र अन्य खालका संघर्षमा उत्रने जानकारी गराउँदछौं।

ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय मोरङ,बिमा समिति काठमाडौं र नेपाल पत्रकार महासंघ केन्द्र,प्रदेश र जिल्लासमितिलाई बोधार्थ दिएको छ।

प्रतिक्रिया