अद्धितीय विद्रुप

मोहन कृष्ण होमागाईँ ,काभ्रे हाल जमर्नी २०७८ असार १८ गते ९:४६ मा प्रकाशित

तिमीलाई देख्दा यस्तो लाग्छ
सायद आखाँले रुप देख्यो
रती श्री को स्वरुप देख्यो
सायद कलमले चित्र लेख्यो
आफै दंगीने सचित्र लेख्यो
या मानिसले इश्वरमा कला देख्यो
या त इश्वरले मान्छेमा चित्रकला देख्यो

विहानीले निशामा,उषा देख्यो
उषाले स्वर्णिम हिमचुली लेख्यो
चौबन्दी,नुपुर ,झुम्की र फुली देख्यो
सुर्यास्तले सुनौलो प्रकाश देखे

प्रितले प्रियतमलाई प्रित लेखे
प्रियतमले प्रितीलाई मनमित लेखे
बन्दछ सजिव प्रेम रेखा
यस्तै हुन्छ मेरा नयनले तिमीलाई देखे,
त्यसैले तिमी,प्रारुप हौ
स्वरुप हौ,रुपकी सन्दुक हौ
ब्याख्या र अनुरुप हौ
म त भन्छु,प्रिय तिमी
अद्धितीय विद्रुप हौ।

 

प्रतिक्रिया