रैथाने बिरुवा लोप हुने अवस्थामा

वीरेन्द्र रावल २०७८ असार १७ गते २१:२७ मा प्रकाशित


नेपालका अधिकाँश सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा यति बेला वृक्षा रोपणको अभियाननै चलेको छ।

विगतका बर्षहरुमा नेपालमा व्यापक रुपले सिसम र सल्लाका नर्शरीहरु बनाएर वृक्षारोपण गर्ने परम्परा थियो।नेपालमा २० बर्ष अघि रोपिएका सिसमका रुखहरु यति बेला प्राय सुक्ने अवस्थामा परिणत भएका छन्।

त्यो अभियानले सार्थकता पाउन सकेन अर्थात नेपालमा सिसमका विरुवाहरु रोप्ने अभियाननै असफल भएको देखिन्छ।नेपालमा सोमबार राष्ट्रिय वृक्षारोपण दिवस मनाइएको छ।देशभरका कतिपय सामुदायिक वन उपभोक्ता समूहहरुले वृक्षारोपण गरेका हुन।वृक्षारोपण गर्दा साल,अस्ना सल्ला नभएर अन्य आयातित बिउबाट नर्शरी बनाएर उत्पादन गरिएका विरुवाहरु रोप्ने कार्यहरु भएका छन्।

नेपालका परम्परागत अनि प्राकृतिक रुपमा पाईने साल,अस्ना,जामुन र सल्ला लगायतका बहुमूल्य रुखहरु बर्षेनी ढला,पडा वा वैज्ञानिक वनका नाममा विगतमा काटेर स्वाहा बनाउने कार्यहरु राज्यको नीति र गैर राज्यका तर्फबाट भएका कारण रैथानै विरुवाहरुको अस्तित्व निकै संकटमा पर्दै जान थालेको छ।

नेपालको प्राकृतिक सम्पदालाई समाप्त पार्ने वैदेशिक योजनामा रहेका नेपालका केहि वन बिज्ञ भनाउँदाको उक्साहटमा नेपालको सरकारले विगतमा वैज्ञानिक वन मार्फद वन व्यवस्थापन गर्ने नाममा ठूलो परिमाणमा तराईका साल र पहाडका सल्ला अनि अस्नाका हरिया रुखहरुमा धावा बोल्ने कार्यहरु समेत भएको छ।

नेपालमा काठ महंगो भयो, नेपाली मुद्रा मलेसिया लगायतका देशहरुमा सालको काठ खरिदका गर्नेक्रममा अपचलन भयो भन्ने कुराको भ्रम छर्दै वैज्ञानिक वनमार्फत देशको दिगो आर्थिक विकास सम्भव रहन्छ भन्दै कार्यपत्र सरकारलाई बुझाएर तत्कालिक फाईदाका लागि जसरी वैज्ञानिक वन बनाउने नाममा ठूलो परिमाणमा हरिया साल,सल्ला र अस्नाका रुखहरु सक्ने काम भयो यसले नेपालको वन सम्पदामाथीको दिर्घकालिन आक्रमण र असर हो भन्ने कुराको ज्ञात नेपाल सरकारलाई नभएरनै हरिया रुखहरु कटानीका लागि आदेश दिइयो त्यो अवस्थामा।अहिले देश व्यापी व्यापक विरोध भएका कारण तत्कालिन वन मन्त्री प्रेम आलेमगरको पालामा वैज्ञानिक वन ऐन खारेज गरियो।नेपालको वन सम्पदालाई सखाप पार्दै तराई र पहाडी भेगलाई मरुभूमिकरण बनाउने योजनामा केहि तत्वहरुसक्रिय रुपले लागि परेका छन्।

सागुन,लिप्टीस,टिक जस्ता कुकाठहरुका वेर्ना बनाएर स्थानीय जनतालाई विरुवा सवतरण गर्ने देखि लिएर सामुदायिक वनमा वृक्षारोपण गर्ने कार्य कतिपय स्थानहरुमा भैरहेका छन।

साल,अस्ना,खयर,हल्दु,सिसम र सल्ला जस्ता बहुमूल्य रुखहरु समाप्त पारेर कुकाठ रोप्नेकार्यले नेपाललाई अवको २० बर्षपछि काठमा परनिर्भर अवश्य बनाउने छ।नेपालका वन जंगलमा ठूलो परिमाणमा साल,अस्ना,सिसम र सल्लाका रुखहरु ढल पडा अवस्थामा रहेका छन्।

तीं काठको सहि सदुपयोग नगर्ने,चैत्र बैशाखको आगलागीमा जंगलका काठ जति आगोमा खरानी बनाउने अनि हरिया रुखहरुमा धावा बोल्ने कार्य जसरी वन माफियाहरुबाट भयो त्यो सरासर नेपालको हित विपरित थियो।नेपालको वनमाथीको आक्रमण थियो।नेपालमा हालसम्म कुनैपनि यस्तो कम्पनी वा उद्योग सञ्चालनमा आउन सकेको छैनकी जसले अन्य कुनै बाहिरी राष्ट्र नेपालको उत्पादनमामात्रै आधाधरित हुन सकेको होस्।हरेक चिज बस्तुहरु छिमेकी देशबाट आयात गर्नुपर्ने बाध्यता नेपालमा रहेको छ।यस्तो विकराल अवस्थालाई नेपाल सरकारले मध्यनजर गर्दै नेपालको कृषि,वन,जलस्रोत र खनिजमा आधारित उद्योग धन्धाहरु सञ्चालनमा ल्याउन सकेको भएपनि नेपालले आर्थिक समृद्धिमा निकै ठूलो फड्को मार्ने सम्भावना देखिन्थ्यो।

नेपाल जस्तो देश एकताका हरियो वन नेपालको धन भनेर जसरी नारा लगाईन्थ्यो अव त्यो नारा केवल नारामै सिमित बन्न पुगेको छ।

नेपालको माटो सुहाउँदा विरुवाहरु कनासेर विदेशबाट आयातित विरुवाहरु जो धेरै लामो समय सम्म नेपालमा टिक्नेवाला पनि छैनन त्यस्ता विउ नेपालमा ल्याउने नर्शरी बनाएर बर्षेनी रोप्ने कार्य जो भैरहेको छ त्यो नितान्त नेपालको प्राकृति स्रोतको हित विपरित छ।प्राकृति रुपले नेपालको माटो अनि हावा पानीमा हुर्कन सक्ने विरुवाहरु नास्ने कार्य कदापी पनि राम्रो हुन सक्दैन।नेपाल सरकारले यस प्रकारका नीतिलाई परिवर्तन गरि रैथाने विरुवा उत्पादन र वृक्षारोपण कार्यको थालनी गर्ने दिसामा बेलैमा ध्यान दिन जरुरी देखिन्छ।

-वीरेन्द्र रावल

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया