सत्य घटनामा आधारित लघु चलचित्र “एडिक ” सार्वजनिक

इनेप्लिज २०७८ असार १७ गते २:०३ मा प्रकाशित

काठमाण्डौं-समाजमा विकृतिको रुपमा रहेको लागुऔषधको कारणबाट उत्पन्न भएको विकृति र विसंगतिलाई आधार बनाएर निमार्ण भएको सत्य घटनामा आधारित लघु चलचित्र “एडिक ”बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको छ ।

शंकर अधिकारी घायलको लेखन र निर्देशनमा निर्माणमा बनेको लघु चलचित्रमा आँखा चिम्लेर कसैलाई बिश्वास र माया गर्दा जिन्दगी कसरी नारकिए बन्छ भन्ने सन्देश बोकेको निर्देशक शंकर अधिकारी घायलले बताए।

सबिना केसि,करण साउद शिखा पौडेल,पदम अधिकारीको अभिनयमा लघु चलचित्रलाई तयार गरिएको छ।दिवस गुरुङको छायांकन ,अन्जली थापाको सम्पादन कला राईको निर्माण र शंकर अधिकारी घायलको लेखनर निर्देशन रहेको छ।

सत्य घटनामा आधारित लघु चलचित्र “एडिक ”को पुरा भिडियो।

प्रतिक्रिया