एमाले स्थायी कमिटीमा ८ जना थपिए,दशौं महाधिवेशन आयोजक कमिटी भंग

इनेप्लिज २०७८ असार १६ गते ११:३२ मा प्रकाशित

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले स्थायी कमिटीको बैठकले दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेको छ।एमालेका काम कार्बाही केन्द्रीय कमिटीबाट्रै सञ्चालन हुने गरि एमाले स्थायी कमिटी बैठकले दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेको हो।

सर्वाेच्च अदालतले यस अघि एमालेको दशौं महाधिवेशन आयोजक कमिटी अवैधानिक घोषित गरेसँगै एमाले स्थायी कमिटी बैठकले पहिलेकै अवस्थामा फर्कने गरि निर्णय गरेको हो।महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत समेत फुकुवा भएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

त्यस्तै बैठकले नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ,विष्णु रिमाल,बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल,टोपबहादुर रायमाझी,लवेखराज भट्ट,मणि थापा स्थायी कमिटी सदस्यमा राख्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया