मंगलबार, साउन २४ २०७९
काठमाडौं १३:३०
वासिङटन डिसी 03:45

विम्बल्डन टेनिसमा सेरेना विलियम्स घाइते भए पछि प्रतिस्प्रद्धाबाट बाहिर,चोटको कारण भावुक भईन

इनेप्लिज २०७८ असार १६ गते ०:४१ मा प्रकाशित

विम्बल्डन टेनिसमा सेरेना विलियम्स घाइते भए पछि प्रतिस्प्रद्धाबाट बाहिर भएकी छिन । तेईस पटक ग्रान्ड स्लाम ( मुख्य प्रतियोगिता )बिजेता सेरेना विलियम्स विम्बलडन २०२१ को प्रतियोगितामा मंगलबार लन्डनमा चोटपटकको कारण पहिलो चरणको खेलबाट बाहिरिन बाध्य भएकी छिन ।

उनलाई घुंडामा चोट लागेको कारण उनि खेल्न असमर्थ भएकी छिन् । उनि चिप्लिएर लडेकी थिइन् । उनि बेलारूसी अलीएक्सेन्ड्रा सास्नोविचको बिरूद्ध पहिलो खेलमा उक्त घटना भएको थियो ।

उनले चोटपटक भएता पनि खेल्ने प्रयास गरिन । तर उनले सकिनन । उनले टेनिस गोली सर्व ( फ्याक्ने ) प्रयास गर्दा नसकेको कारण आँसु थाम्न सकीनन। पछि उनी दोस्रो पटक पनि लडिन । उनि भावुक भएकी छिन ।

“म सेरेनाको लागि साह्रै दुखी छु,” सासनोविचले आफ्नो टेनिस खेल मैदानमा दिएको एक अन्तर्वार्तामा भनिन्। “उनी एक महान बिजेता हुन्। यो कहिलेकाँही टेनिसमा हुन्छ। उनले छिटो स्वास्थ्य लाभको कामना पनि गरिन ।”

विलियम्स सात पटकको विम्बल्डन एकल बिजेता हुन् ।

 

प्रतिक्रिया