आज २०७८ सालको राष्ट्रिय धान दिवस।यसैले आज असार १५ गते ‘धान उत्पादनमा बृद्धि,खाद्य सुरक्षा,आत्मनिर्भरता र समृद्धि”भन्ने नाराका साथ यो वर्ष १८ औं धान दिवस मनाउने क्रममा नेपाली साहित्य,सस्कृति र महिला सशक्तिकरणको लागि काम गर्दै आएको सखी प्रतिष्ठानले आज धान दिवस मनायो।
सखी प्रतिष्ठानले भक्तपुरको मनोहरा खोलाको किनारमा आयोजना गरेको धान रोपाईको अवसरमा असारे गीत गाउदै रमाइलो नृत्य समेत गरेका थिए।
कार्यक्रममा सखी प्रतिष्ठानका सल्लाहकार साहित्यकार राधेश्याम लेकाली,अध्यक्ष मन्जिला अनिल,उपाध्यक्ष कमला रिसाल,महासचिव एवं सो कार्यक्रमका संयोजक एल्सा झा,सचिव रुपा पौडेल,सदस्यहरु नीशा रिमाल,सर्जक अनिलनाथ उप्रेती,संचारकर्मी इलु शर्मा तथा स्थानीय रामभक्त कैती,ज्ञानु माया कैती र आरती राना सहितको सहभागीता रहेको थियो।
प्रतिक्रिया