दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति जुमाले अदालतको अवहेलनाको आरोपमा १५ महिनाको कैद सजाय

इनेप्लिज २०७८ असार १५ गते ११:१८ मा प्रकाशित

जोहेनेसबर्ग, दक्षिण अफ्रिकाको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति ज्याकब जुमालाई अदालतको अवहेलनाको दोषी ठहर गर्दै १५ महिनाको कैद सजाय सुनाएको छ । उनलाई जुन २९ का दिन मंगलबार सजय सुनाइएको हो सिएनएनले समाचार लेखेको छ ।

जुन देशको लामो समयदेखि चलिरहेको भ्रष्टाचारको गाथामा महत्वपूर्ण घटना हो।दक्षिण अफ्रिकाको संवैधानिक अदालतले जुमालाई उनको आफ्नै शहर कान्दला अथवा जोहेनेसबर्गको एक प्रहरी चौकीमा पाँच दिन भित्र उपस्थित हुन आदेश दिएको छ ।

न्यायाधिश सिसि ख्यामपेपे एउटा कठोर फैसला सुनाइन ,”जुमा अदालतको अवहेलनामा गरेका छन् भन्ने कुरामा कुनै शंका छैन।”उक्त आदेशमा राष्ट्रपति हँदा उनको भ्रष्टाचारमा संलग्न रहेको भन्ने प्रश्नहरूको जवाफ दिन भ्रष्टाचार निरोधक आयोगमा पेश हुन जुमाले अस्विकार गरेका थिए ।

जुमाले बारम्बार ती आरोपहरू अस्वीकार गरेका छन् ।

जुमाले यसको बिरूद्ध आयोग र न्यायपालिकाको बिरूद्ध “राजनीतिक उत्प्रेरित अभियान” चलाएर संवैधानिक अदालतको वैधानिकता उकास्न खोजे न्यायाधीश ख्यामपेपेले भनिन ।

“कुनै पनि व्यक्ति कानून भन्दा माथि छैन … उसको ओहदा वा अवस्था जस्तोसुकै भए पनि,” उनले भनिन “सीधा न्यायिक आदेशको सम्मानमा अवहेलनाको कार्यले संवैधानिक संकट खडा गर्ने सम्भावना हुन्छ।

जुमा २००९ देखि २०१८ सम्म दक्षिण अफ्रीकाका राष्ट्रपति थिए ।

प्रतिक्रिया