श्रीमानको हत्यापछि श्रीमति कुबेतबाट आइन्, खोलिन् यस्तो रहस्य (भिडियोसहित)

इनेप्लिज २०७८ असार १५ गते १०:०० मा प्रकाशित

झापा।झापाको मेचीनगरमा श्रीमानको हत्या भएपछि श्रीमति कुबेतबाट फर्किएकी छिन्।यसैसाता मेचीनगर ५ इटाभट्टा निवासी करणकुमार लिम्बुका छोरा ४० बर्षीय भिमराज लिम्बुको हत्या भएको थियो।घटनास्थलमा गएर हेर्दा मृतकको घाटीमा कपडाको क्र्याक ब्यान्डेज बाधिएको र मुखबाट रगत बगेको अवस्थामा शव फेला पारेकाले अनुसन्धान अघि बढाएको थियो।घटनामा संलग्न भएको आशंकामा प्रहरीले मेचीनगर ५ का ५६ बर्षीय सुकराज लिम्बुलाई नियन्त्रणमा लिएको छ। सुकराजले आपसी झगडा हुँदा भिमराजको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।मृतककी श्रीमति मनिता आज घर आइपुगेपछि असार १५ गते अन्तेष्टी गर्ने तयारी भइरहेको छ।मनिताले घटना नियोजित भएकाले दोषीलाई हदैसम्म कार्वाही गर्न माग गर्नुभएको छ।

हेर्नुहोस् भिडियो

https://www.youtube.com/watch?v=m_htJO7mg2o&t=53s

प्रतिक्रिया