ब्यवसायी कर्णले गरे बिपन्नलाई १ लाख ६० हजार बढिको खाद्यन्न सहयोग

इनेप्लिज २०७८ असार १४ गते ९:५१ मा प्रकाशित

धरान/आपतमा सरकार भन्दा जनता नै सहयोगी भुमिकामा सक्रिय छन्।निजि ब्यवसाय तथा समाजसेवीहरुको सहकार्यमा समस्यामा परेकाहरुलाई राहत बितरण यतिबेला धमाधम भैरहेको छ।यस्तैमा सुन्दरहरैचा मोरङमा १ सय बिपन्न परिवारलाई राहत बितरण गरिएको छ।धरान १ का पुराना निर्माण ब्यवसायिको रुपमा परिचीत कर्ण बहादुर श्रेष्ठले सो कार्यमा सहयोगी भुमिका खेलेका हुन्।

उनले आफ्नो नव दुर्गा स्टोन क्रसर प्रालीका तर्फबाट १ लाख ६१ हजार ५ सय ५४ रुपैयाँ नगद सहयोग गरेका थिए।सो रकमबाट होप धरानको सहजीकरणमा १ सय बिपन्न परिवारलाई राहतको रुपमा खाद्यन्न सामग्री बितरण गरिएको हो।२ हजार ५ सय २५ केजि चामल, १६ कार्टुन तेल,१६० केजि दाल र २ केजि झोला बितरण गरिएको हो । राहत बितरण कार्यक्रमद्वारा सहयोगीदाता ब्यवसायी श्रेष्ठलाई होप धरानले सम्मान समेत गरेको थियो।

खाद्यन्न बितरण कार्यक्रममा सुन्दर हरैचा मोरङ्गका उपमेयर धनमाया तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने वार्ड नम्बर-६ का वार्ड अध्यक्ष जीवन कुमार राईको विशेष उपस्तिथिमा रहेको थियो।

साथै वडा सदस्य टुना कुमारी बिक र कृष्ण प्रसाद चापागाईं,पुष्पान्जली टोल बिकासका अध्यक्ष गिता राई,माइती नेपाल सुन्दरहरैचा नगर सन्जालका सयोजक नारायणी भण्डारीले खाद्यन्न बितरणमा बिशेष सहकार्यको भुमिका निर्बाह गरेका थिए।यस्तै कार्यक्रममा समाजसेबी मातृका ढकाल,हरि श्रेष्ठ र लक्ष्मी सिग्देलको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया