इजलासको मर्यादा जोगाउन कानून व्यवसायीहरुको संयुक्त अपील

इनेप्लिज २०७८ असार १४ गते ७:११ मा प्रकाशित

सोमबार १० जना कानून व्यवसायीले संयुक्त प्रेस विज्ञप्ति जारी गरी भनेका छन्, “न्यायिक सर्वोच्चतामा आस्था राख्ने नागरिकले यस्तो कदमको सधैं अपेक्षा गरेका हुन्छन् जसले बहसमा तुच्छ शब्दावली होइन, उच्च संवैधानिक एवं कानूनी सामर्थ्य खोजेका हुन्छन्। तसर्थ, हाल जारी बहसका दौरान सरकार पक्षका वकीलहरूबाट सोही अनुरूपको व्यवहार प्रदर्शित हुने अपेक्षा गर्दछौं।”

अधिवक्ताहरू रामशरण घोरसाइने, यज्ञराज थापा, विशाल न्यौपाने, निर्मल कुमार उप्रेती, निरव ज्ञवाली, पुष्कर घिमिरे, लक्ष्मी तामाङ, सुजन पाण्डे, सुजन रिजाल र विश्व भण्डारीले जारी गरेको विज्ञप्तिमा अदालतमाथि विश्वास गर्न पनि आग्रह गरिएको छ।

विज्ञप्तिमा भनेका छन्, “अदालतमा विचाराधीन विषयलाई लिएर सडक अन्दालन गर्नु, विभिन्न भूतपूर्व सम्मानित व्यक्तित्वहरूले मुद्दा प्रभावित गर्ने उद्देश्य राखेर वक्तव्यबाजी गर्नु अदालतको सक्षमता तथा निष्पक्षतामाथिको आशंका हो भन्ने हाम्रो बुझाइ रहेको छ।

त्यस्ता व्यवहार अदालतको अवहेलना, न्यायालयप्रतिको अविश्वास त हुन् नै, अझ अदालतमाथि अनुचित दबाबको प्रयास समेत हो भन्नेमा हामी प्रष्ट छौं।”

हेरौ कानून व्यवसायीले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिको दस्तावेज :
Young Lawyer’s Statement

 

प्रतिक्रिया