लायन्स क्लवद्धारा अत्तरियामा राहत वितरण

वीरेन्द्र रावल २०७८ असार १२ गते १६:३६ मा प्रकाशित

वीरेन्द्र रावल-धनगढी,असार १२।विपन्न वेसहारा परिवारहरुका लागि लायन्स क्लव अफ धनगढीले शनिवार पनि राहत वितरण कार्यलाई निरन्तरता दिएको छ।

लायन्स क्लव अफ धनगढीले गोदावरी नगरपालिकाको अत्तरियामा रहेको महिला तथा बालबालिका सेभाहाउसमा रहेका संरक्षितहरुलाई राहत वितरण गरिएको हो।
सो अवसरमा खाद्यान्न वितरण गरिएको कुरा लायन्स क्लव अफ धनगढी चार्टरका प्रेसिडेन्ट मिरा आचार्यले जानकारी दिनु भएको छ।

समाजमा रहेका विपन्न,वेसहारा परिवारहरुमा बन्दा बन्दीले निकै असर पारेको देखेपछि तीं स्थानको पहिचान गरेर राहत वितरण गर्ने कार्य गरिएको समेत प्रिसिडेन्ट मिरा आचार्यले जानकारी दिनु भएको छ।

 

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया