आर्थिक स्थिति कमजोर भएका नेपालीको स्वास्थ्य उपचारका लागि तमु समाज केण्ट युकेको सहयोग

इनेप्लिज २०७८ असार १२ गते १६:३४ मा प्रकाशित

काठमाडौ । तमु समाज केण्ट युकेले कोभिड १९ को महामारीमा परेका निम्न आय भएका नागरिकलाई सहयोग गर्ने उद्धेश्यले नेपालमा आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
बसुन्धरा स्थित ग्रिनसिटी अस्पताल र राष्ट्रिय आबिश्कार केन्द्र मार्फत सहयोग गर्ने गरी शनिबार एक समारोहकाबीच तमु समाज केन्ट युकेले सहयोग प्रदान गरेको हो ।


युकेका तर्फबाट पबित्रा गुरुङले ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनलाई ५ लाख ७७ हजार र राष्ट्रिय आबिश्कार केन्द्रका प्रमुख कार्यकारी निर्देशक मीरा पोख्रेललाई ३ लाख हस्तान्तरण गर्र्देै सहयोगको सहि ठाउंमा उपयोग हुने बिश्वास ब्यक्त गर्नुभएको छ ।

सो अबसरमा तमु समाज केण्ट युकेका अध्यक्ष राजदेबी गुरुङले अर्चुवल मार्फत सबोधन गर्देै आफुहरु देश बाहिर भएपनि भावना र मन नेपालमै भएको र आफनो संस्थाले गरेको सहयोगले दुखिरहेको घाउमा मलम पट्टी लगाउने बिश्वास ब्यक्त गर्नुभएको छ ।

सो संस्थाका सल्लाहकार चित्रा गुरुङले आफुहरु नेपाली भएकोले पनि सहयोगका हात बढाइरहने बिश्वास ब्यक्त गर्नुभएको छ । कार्यक्रममा अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले अस्पताल र तमु समाजबीचको सहकार्य उदाहरणीय हुने बताउनुभएको छ । उहांले अस्पतालले बिगतमा पनि दीन दुखीका लागि निशुल्क उपचार गर्देै आएको जानकारी पनि गराउनुृभयो ।

ग्रिनसिटी अस्पतालले निकै लामो समय सम्म दिशा गर्न नसकेकी एक बालिकाको निशुल्क अप्रेशन गर्ने लगायतका आर्थिक स्थिति कमजोर भएर उपचार नपाएका धेरैको उपचार गरी उदाहरणीय कार्य गर्देै आएको छ ।

सोही अस्पतालका फाइनान्स डाइरेक्टर रेनुका गुरुङले आर्थिक स्थिति कमजोर भएर कोही पनि उपचारबाट बञ्चित नहन् भन्ने उद्धेश्यले तमु समाज केण्ट युकेका पदाधिकारी र सदस्यहरुले गरेको सहयोग प्रति आभार ब्यक्त गर्देै यो सहयोगलाई सबद्ध पक्षका लागि उपयोग गरिने बिश्वास दिलाउनु भएको छ ।

उहांले आफु अहिले यो ठाउंमा आइपुग्न आफनो परिबारको ठुलो सहयोग रहेको बताउनुभयो । हुन पनि उहांको परिबार उदाहरणीय नै रहेको छ ।


अस्पतालमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा राष्ट्रिय आबिश्कार केन्द्रका प्रमुख कार्यकारी निर्देशक मीरा पोख्रेलले यो सहयोग मिनी अक्सिजन प्लाण्टका लागि खर्च गरिने जानकारी गराउनुभयो ।

नेपाल टेलिभिजनका सम्पादक बद्रिकाजी गुरुङले संचालन गर्नुभएको सहयोग हस्तान्तरण कार्यक्रममा बरिष्ठ पत्रकार एवं जनता टेलिभिजनका प्रधानसम्पादक टंक पन्त , समाजसेबी उमेश श्रेष्ठ, सघीय संसद सचिवालयका उपसचिब कमल खड्का , अस्पतालका आइटी अधिकृत प्रबीन टण्डन लगायतको उपस्थिति थियो । तमु समाज केण्ट युकेले स्थापनाको १४ बर्ष देखि नेपालमा अफ्टयारो पर्दा पबित्र भावनाका साथ आर्थिक एवं अनय सहयोग पनि गर्देै आएको छ ।

प्रतिक्रिया